जनप्रगतिशील मञ्च जापानको ८औं अधिबेशन डिसेम्बर १२ तारिख टोकियोमा हुने

जापान । नेकपा (माओवादी केन्द्र) को प्रवास संगठन नेपाली जनप्रगतिशील मञ्च जापानले ७ ओटा क्षेत्रमा अधिबेशन सम्पन्न गरेको छ । राष्ट्रीय कमिटीको डिसेम्बर १२ तारिख टोकियोमा सम्पन्न गर्नुअघि क्षेत्रीय समितिका अधिवेशनहरु सम्पन्न गरेको हो ।

नेपाली जनप्रगतिशील मञ्च जापानका अध्यक्ष हवल चन्द्र लामाका अनुसार २० वर्ष जापानको बसाईमा यस पटक संगठनलाई मजबुत बनाउन जापानभर संगठन बिस्तारलाई ब्यापक रूप दिएको बताउनु भयो ।
आउने डिसेम्बर १२ तारिख टोकियोको टोसिमाको सिटी हलमा भव्य रूपमा हुने नेपाली जनप्रगतिशील मञ्च जापान राष्ट्रीय अधिबेशनमा अध्यक्षको लागि ३ को दाबी रहेको बुझिएको छ ।


जनप्रगतिशील मञ्च जापान, गुन्मा-तोचिगी क्षेत्रीय समितिको अध्यक्षमा राकेश बिमली

नेपाली जनप्रगतिशील मञ्च जापान, गुन्मा-तोचिगी क्षेत्रीय समितिको अध्यक्षमा राकेश बिमली सर्वसम्मत चयन भएका छन् । आइतबार तोचिगी केनको उत्सुमोनिया शहरमा सम्पन्न दोस्रो क्षेत्रीय अधिवेशनबाट बिमलीको अध्यक्षमा २१ सदस्सीय समिति चयन गरिएको हो ।

समितिको उपाध्यक्षमा बिमन किराँती, अनिल रावल, गोकुल घिमिरे, सङ्कल्प थिंग लामा चयन भएका छन् । सचिवमा श्रीधर पन्थी तथा सहसचिवमा सुजन आङ्बो र कर्मा दोंग चयन हुँदा कोषाध्यक्ष अभिषेक रायमाझी छन् । समितिमा १२ सदस्यहरू छन् ।अधिवेशन प्रवास सङ्गठनका सदस्य अरुण कुमार श्रेष्ठको प्रमुख आतिथ्यता तथा राष्ट्रिय कमिटी अध्यक्ष हवल् चन्द्र लामाको विशेष उपस्थितिमा सम्पन्न भएको हो ।

जनप्रगतिशील मञ्च जापान कान्साइको अध्यक्षमा प्रकाश गैरे चयन

नेपाली जनप्रगतिशील मञ्च जापान कान्साइको अध्यक्षमा प्रकाश गैरे चयन भएका छन् । कान्साइ क्षेत्रीय समितिको आगामी कार्यकाल २०२१-२०२३ को लागि प्रकाश गैरेको अध्यक्षतामा २६ सदस्यीय कार्यसमिति सर्वसम्म रुपमा चयन भएको हो ।

समितिको उपाध्यक्षमा कुलबिर थापा, नारायण थापा, सुनिल श्रेष्ठ, आङबाबु लामा, भक्त सापकोटा र महिला उपाध्यक्षमा रत्ना मरासिनी चयन भएका छन् । कार्यसमितिको सचिवमा दिलिप राना मगर,सह(सचिवमा राम कटुवाल दिनेश गैरे कोषाध्यक्षमा रामु सापकोटा सह( कोषाध्यक्षमा लेमनसिंह बस्नेत चुनिएका छन ।

त्यसैगरि सदस्यहरूमा प्रकाश थापा, नारायण भण्डारी, कमल परियार, युवराज गुरुङ, नरेश सुनार र युवराज सुनार छन ।

कार्यसमितिमा रहेका अन्य सदस्यहरूमा गिरीप्रसाद दर्लामी, थमबहादुर दर्लामी, ज्ञानेन्द्र सापकोटा, ताराप्रसाद सापकोटा, नेगप्रसाद गैरे, लोक मरासिनी, लक्ष्मण केसी, देव सापकोटा केसी र हरि भण्डारी रहेका छन भने ५ सदस्य पछि थप गरिने बताईएको छ ।

जनप्रगतिशील मञ्च सेन्दाइ अध्यक्षमा दाहाल

जापानको सेन्दाइमा प्रथम अधिवेशन सम्पन्न गर्दै नेपाली जनप्रगतिशील मंच सेन्दाई कमिटिले तेजप्रसाद दाहालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

नेपाली जनप्रगतीशील मंच जापानका राष्ट्रिय समितिका अध्यक्ष हवलचन्द्र लामाको प्रमुख आतिथ्यतामा सम्पन्न सो अधिवेशनले उपाध्यक्षमा रमेश देवकोटा, सचिवमा छिरिङ तामाङ, सह सचिवमा सबित्रा नेपाली र कोषाध्यक्षमा युघिर भुजेललाई चयन गरेको छ ।

त्यसैगरि कार्यसमितिको सदस्यमा शर्मिला थापा बिनोद महोतरा, सुदन थापामगर, देब थापा मगर, निर्जला भुजेल र साबित्रा चौधरीलाई चयन भएका छन् ।


जनप्रगतिशील मञ्च जापान ओकिनावामा अध्यक्षमा पौडेल

नेपाली जनप्रगतीशील मंच जापान ओकिनावा क्षेत्रीय समितिको प्रथम अधिवेशनले अध्यक्षमा गोबिन्द पौडेललाई चयन गरेको छ । नेपाली जनप्रगतीशील मंच जापान ओकिनावा क्षेत्रीय समितिको बुधवार सम्पन्न प्रथम अधिवेशनले पौडेलको अध्यक्षतामा १५ सदस्यीय क्षेत्रीय कार्य समिति सर्वसम्मत गठन गरेको छ ।

नेपाली जनप्रगतीशील मंच जापानको राष्ट्रिय कमिटीका अध्यक्ष हवलचन्द्र लामाको प्रमुख आतिथ्यतामा सम्पन्न सो अधिवेशनले ज्ञान कुमार श्रेष्ठ, ज्ञान थापा प्रकाश जंग तामाङलाई उपाध्यक्ष बिश्व नाथ यादबलाई सचिव, अमृत खडकालाई सह सचिव र संम्झना पोखरेललाई कोषाध्यक्षमा चयन गरेको छ ।

त्यसैगरि अधिवेशनले अप्सरा दाहाल, टिस्टा राइ, निरज उप्रेती, मोहन पाठक, निर्मल गिरी, प्रतिमा लामिछाने, निरज जोशी र खगेन्द्र शाहलाई सदस्यमा चयन गरेको छ ।

अधिवेशनले प्रितम गर्बुजा, कृष्ण घिसीङ र देबेन्द्र खडकालाई सल्लाहकारको रूपमा चयन गरेको छ ।


फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: