नेपालमा लगानीका सम्भावना र चुनौती विषयमा आज विशेष बहस हुँदै

जापान । गैरआवासीय नेपाली संघ एनआरएनए आईसीसी अध्यक्षका उम्मेद्वार डा. बद्री केसी टिमले ककस शृंखला-६ मा नेपालमा लगानीका सम्भावना र चुनौती विषयमा विशेष बहस हुने भएको छ ।
एनआरएनए आईसीसी अध्यक्षका उम्मेद्वार डा. बद्री केसी टिमले ककस शृंखला-६ मा नेपालमा लगानीका सम्भावना र चुनौती लगाएत आर्थिक पाटोको विषयमा डिसेम्बर ११ तारिख शनिवार विशेष बहस हुन लागेको हो ।

एनआरएनए आईसीसीलाई परराष्ट्र मन्त्रालयले हस्तक्षेप गरेपछी आसन्न १०औं महाधिवेशन र परदेशमा रहेर नेपाल र नेपालीको सरोकारको विषयमा बहस गर्दै आइरहेको छ ।
एनआरएनए आईसीसी हालका उपाध्यक्ष तथा अध्यक्षका उम्मेद्वार डा.केसी प्यानलका बिभिन्न पदमा उम्मेद्वारी दिएका पदाधिकारी र गैरआवासीय नेपालीहरू बिच आयोजना गर्दै आइरहेको ककस शृंखलाहरु जुम भर्चुअल माध्यमबाट हुँदै आएको छ ।

उक्त कार्यक्रम सहजीकरण जापानका सफल व्यावसायी तथा एनआरएनए आईसीसी सचिव पदका उमेद्वार ओम गुरुङ अजीबले गर्नु हुने भएको छ ।

यस पटकको विशेष बहस कार्यक्रममा सहभागी हुन सम्पूर्ण गैरआवासीय अभियन्ता तथा सरोकारवाला सबैलाई सहजकर्ता गुरुङले अपील गर्नु भएको छ ।

मातृभूमिको लागि लगानीका सम्भावना र चुनौतीहरु बारे बहस
११ Dec. २०२१ शनिबार
नेपाली समय साझ; ६ बजे
ZOOM
ID: 832 9473 5814
Passcode: 2021

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: