जापानमा एकसाथ ७ जनासम्मले चलाउन मिल्ने ‘पकेट वाईफाई’ मासिक ३५ सयमा उपलब्ध

टोकियो । जापानमा एकसाथ ७ जनासम्मले चलाउन मिल्ने ‘पकेट वाईफाई’ कर बाहेक मासिक ३५ सय येनमा उपलब्ध भएको छ । टोकियोको शिनओकुबोमा रहेको ‘जि एण्ड के कम्पनी’ले मासिक ३०० ‘जिबि हाईस्पिड ईन्टरनेट’ सहितको ‘डिभाइस’ उपलब्ध गराउन थालेको हो ।

मासिक उपलब्ध हुने ‘डाटा’ प्रयोग नभएमा अर्को महिना थप हुने हुँदा कुनै एक महिना कम चलाएर अर्को महिना बढि चलाउनेहरुको लागि पनि समेत अत्यन्त उपयोगी रहेको कम्पनीका निर्देशक विवेक खड्काले जानकारी दिनुभयो । हरेक महिना ३ सय ‘जिबि’बाट चलाउन बाँकी रहेको ‘जिबि’ अर्को महिना बढिमा ३ सय ‘जिबि’सम्म थप हुन्छ ।

यस बाहेक जापान बाहिर लैजाँदा समेत ‘पकेट वाईफाई’बाट मासिक एक जिबिसम्म निस्शुल्क ईन्टरनेट चलाउन सकिने सुविधा रहेको कम्पनीले जनाएको छ । जसबाट बिदेश यात्रामा जाने व्यक्तिहरुले ‘स्याटलाईट सिस्टम’बाट चल्ने ‘पकेट वाईफाई’ हुँदा कुनैपनि अपर्झट काम पर्दा ईन्टरेनटको पहुँच भन्दा बाहिर बस्नु पर्दैन ।

साथै ‘मोबाईल फर्म्याट’को ‘पकेट वाईफाई’ भएकाले गुगल ‘ट्रान्सलेट एप्लिकेसन’, गुगल ‘म्याप’ समेत ‘पकेट वाईफाई’मै चलाउन सकिन्छ । यसको अर्थ मोबाईल नबोकिकन, छुटेर वा ब्याट्रि सकिएको र चार्ज गर्न नमिल्ने अवस्थामा कतै जानु भएको छ भनेपनि ‘गुगल म्याप’ चलाएर तपाईं गन्तव्यसम्म पुग्न सक्नुहुन्छ ।

डोकोमो कम्पनीको ‘टावर’ भएकाले जापानभर सहज पहुँच र ‘अण्डरग्राउण्ड एरिया’मा समेत राम्रो ईन्टरनेट टिप्ने र ‘क्रेडिट कार्ड’ प्रयोगकर्ताहरुको लागि ‘वाईफाई बक्स’ लिन कुनै पनि शुल्क लाग्दैन भने ‘डिपोजिट’ रकम समेत तिर्नु नपर्ने कम्पनीका निर्देशक खड्काले बताउनुभयो ।

कम्पनी शुभारम्भ अन्तर्गत ‘० येन क्याम्पेन’मा मात्र ३५ सय येन र ट्याक्स गरेर कुल ३८ सय ५० येन पर्ने कम्पनीले जानकारी दिएको छ । ‘क्रेडिट कार्ड’ नभएका व्यक्तिहरुले भने ‘वाईफाई डिभाईस’को लागि केही शूल्क तिर्नुपर्ने हुन्छ । ‘फुरिकोमि’ वा ‘क्यास पेमेन्ट’ गर्न चाहने व्यक्तिहरुले ‘डिभाईस’को लागि २२ हजार येन, कार्यालय खर्च ३३ सय येन एकपटक तिर्नुपर्ने हुन्छ ।
‘पकेट वाईफाई’ एकपटक चार्ज गरेर ‘ब्याट्रि फूल’ छ भने १० घण्टासम्म चल्छ । साथै यसरी ‘पकेट वाईफाई’ लिएमा दुई बर्षपछि ‘पकेट वाईफाई’ फिर्ता गर्नुपर्दैन । ‘पकेट वाईफाई’ चलाईरहन चाहेमा मासिक शुल्क मात्र तिरे पुग्छ ।

मोबाईल फोन सहित विशेष सिम समेत बजारमा ल्याएको ‘जि एण्ड के’ कम्पनीले उक्त कानुनी परामर्श व्यवसाय वृद्धि सपोर्ट, व्यावसायिक भिसा सपोर्ट, नेटवर्किड व्यवसाय भिसा व्यावसायिक,व्यक्तिगत समस्या कर लेखा सपोर्ट काउन्सेलिड भिसा फर्म, भिसा कम्पनी तयार गर्ने डकुमेन्टेसन काउन्सेलिड जब रिक्रुट्मेन्ट परामर्श, इप्पान सादान होजिन दर्ता , कानुनी परामर्श, भिषा सम्वन्धी सेवा, कम्पनी दर्ता लगायत सेवा समेत उपलब्ध गराउँदै आएको जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: