जापानको ओसाकामा आगलागिमा परी ज्यान गुमाउनेको संख्या २४ जना पुग्यो

जापान । जापानको ओसाका शहरको एक क्लिनिकमा आगलागिमा परी ज्यान गुमाउनेको संख्या २४ जना पुगेको छ । ओसाका प्रहरीले साँझ ७ बजेसम्ममा आगलागिमा परेर जलेका मध्ये २४ जनाको निधन भएको पुष्टि गरेका हो ।

निधन भएका अधिकाशंको उपचारको क्रममा ज्यान गएको बताईएको छ । अग्नि नियन्त्रकहरुले यसअघि उपचारको लागि लगिएका २८ जना मध्ये २७ जनाको जिवित रहेको कुनै संकेत आफुहले नपाएको बताएका थिए ।

शुक्रबार बिहान एक व्यावसायिक भवनको चौथो तलामा भएको आगलागिमा परेर यतिधेरै व्यक्तिले ज्यान गुमाएका हुन् । मानसिक रोगसँग सम्वन्धित क्लिनिकमा उपचारको लागि आएका र काम गर्ने व्यक्तिहरु समेत गरेर कुल २४ जना निधनको पुष्टि गरिएको छ । तर ज्यान गुमाएकाहरुको परिचय र अन्य विवरण खुलाईएको छैन ।

आगलागि गराएको ठानिएका ६० बर्षिय एक बृद्ध समेत आगलागिमा परेर घाईते भएको बताईन्छ । तर उनको अवस्थाबारे केही जानकारी सार्वजनिक भएको छैन ।

घटनाको बारेमा एक विशेष टोलिले अनुसन्धान गरिरहेको जापानी समाचार संस्था जापान टुडेले उल्लेख गरेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: