जापान । नेवा ख:ल जापानको आयोजनामा योमरी पुन्हि भब्यताको साथ सम्पन्न भएको छ । आईतवार टोकियोमा नेवारी कला संस्कृति लाखे नाच, धिमें बाजाका साथै नाच गानको पनि प्रर्दशन गरि नेवारी समुदायले मनाउने पर्व योमरी पुन्ही मनाएको हो ।
उक्त कार्यक्रमको सभापतित्व संस्थाकी संयोजक ईन्दिरा राजभण्डारी सुजुकीले गर्नु भएको थियो भने एनआरएनए जापानको अध्यक्ष शिव प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रमको अतिथिको रूपमा ओम गुरूङ, ददिवल खड्का, नर बहादुर थापा, श्रवन सत्याल, मोहन घले,संगिता अधिकारी,बुद्धी गौचन सुनिल शाक्य, बाबुराम भण्डारी , हरि सापकोटा र शुस्मा ओमाताले शुभकामना मन्तब्य राख्नु भएको थियो भने स्वागत मन्तब्य सिद्धार्थ श्रेष्ठ र संचालन राजेन्द्र श्रेष्ठले गर्नु भएको थियो।
कार्यक्रममा कोभिड-१९ को बाट देश वा बिदेशमा ज्यान गुमाउनु सम्पूर्णको सम्झनामा शोक मौन धारण गरिएको थियो भने राष्ट्रीय गानबाट उदघाटन गरिएको थियो।
सोही कार्यक्रममा एनआरएनए जापानका नव निर्वाचित टिमलाई पनि बधाई तथा सम्मान गरिएको थियो।
फेसबुकबाट तपाइको प्रतिक्रिया