नयाँ वर्षको अवसरमा डिसेम्बर ३१ तारिख नागोयामा काउनडाउन पार्टी

जापान । अंग्रेजी नयाँ वर्ष २०२२ अवसरमा नागोयामा काउनडाउन पार्टी हुने भएको छ । जापानको राजधानी टोकियोबाट डीजे रेशम तामाङको साथमा २०२१ डिसेम्बर ३१ तारिख न्यू एयर काउनडाउन पार्टी हुने भएको हो ।
नागोंयामा रहेका संजय तामाङको संयोजनमा उक्त पार्टी गर्न लागेको हो ।
नागोयाको देउराली रेष्टुरेण्टमा हुने लाईभ संगितिक पार्टीमा उपस्थितिको लागि टोकियोबाट डीजे रेशमले नागोयामा आस्पास्मा बस्नु हुने सम्पूर्ण साथी भाई स्टमित्र दाजु भाई बहिनी सबैमा नया बर्षको कार्यक्रम्मा आउन अपिल गरेका छन ।
उनले सबै मिलेर रमाइलो गरी २०२१ लाई बिदाइ र २०२२ लाई स्वागत धेरै बर्ष पछीको अन्तरालमा तपाईंहरु माझ आउँदै छु भनेका छन ।

डीजे रेशमले नेपाल, जापान, कोरियामा कार्यक्रम गरिसकेका छन् भने जापानको अन्य शहरमा पनि अर्कों समयमा सांगितिक कार्यक्रम गर्ने बताएका छन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया