प्रवासी मञ्च जापान क्युसूको तेस्रो अधिबेशन फेब्रअरी ६ तारिख गर्ने तयारी

जापान । नेकपा एमालेको प्रबासको भातृ संगठन प्रवासी नेपाली मञ्च जापान क्षेत्रिय कमिटी क्युसूको तेस्रो अधिबेशन हुने भएको छ । आगामी फेब्रअरी ६ तारिख तोकिएको अधिबेशनको लागि आयोजक कमिटीको घोषणाका साथै मिती तय गरेको हो ।

प्रवासी नेपाली मञ् जापान क्युसूले क्षेत्रिय अधिबेशनको तयारी गर्न जापानस्थित राष्टिय कमिटीको समन्वयमा जुममा भएको भेलाबाट राष्ट्रीय कमिटीका अध्यक्ष सुरेश केसी र सचिब सरोज कँडेल लगायत सदस्यहरुको उपस्थितीमा आयोजक कमिटीको घोषणा गरिएको महेश खड्काले जानकारी दिनु भयो ।
अधिबेशन तयारीको लागि प्रवासी नेपाली मञ्च अध्यक्षमा क्युसू क्षेत्रिय कमिटीका निवर्तमान सचिब पुरुषोत्तम सिँदेल र सचिबमा बलराम उपाध्यक्ष चयन गरिएको छ ।

तेस्रो अधिबेशनका लागी बृहत तयारी थालिनुका साथै एमालेप्रती आस्थावान तथा सुभचिन्तक नेता कार्यकर्तालाई उपस्थितीका लागी बिशेष आह्वान गरिएको प्रवासी नेपाली मञ्च जापानका राष्ट्रीय कमिटी सदस्य तथा क्युसू ईन्चार्ज खड्काले बताउनु भयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: