जनयुद्धदेखि हालसम्म पार्टीले धेरै टुटफुट व्यहोरेको छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धदेखि खुला राजनीतिसम्म कहाँ त्रुटी भयो भन्ने विषयमा आफूबाटै आत्मसमीक्षा शुरु गरेको बताएका छन् ।

आइतबार शुरु हुने पार्टीको राष्ट्रिय सम्मेलनमा पेश गर्ने राजनीतिक प्रतिवेदनमा आफूले आत्मसमीक्षा गरेको प्रचण्डले बताए ।

प्रेस सेन्टर र क्रान्तिकारी पत्रकार संगठनको एकता घोषणा कार्यक्रममा उनले जनयुद्धदेखि हालसम्म पार्टीले धेरै टुटफुट व्यहोरेको भन्दै यो स्थिति किन आयो भन्ने विषयमा मूल नेतृत्वबाट गरिएको आत्मसमीक्षाले फेरि सबैलाई एक ठाउँमा आउने स्थिति बन्ने पनि बताए ।

मैले पहिलो आत्मसमीक्षा म बाटै शुरु गर्दैछु राष्ट्रिय सम्मेलनमा । कहाँ त्रुटी भयो र यस्तो स्थिति आयो त ? त्यसको निम्ति नैतिक रुपले म जिम्मेवार लिने बताए ।

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आइतबार काठमाडौंमा शुरु हुँदैछ । राष्ट्रिय सम्मेलनले नयाँ नेतृत्व चयन गर्दैछ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया