काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले फुटाएर लैजान्छु भनेर आएका प्रचण्ड आफ्नै नेता एमालेमा छाडेर फर्किएको बताउनुभएको छ ।
मदन भण्डारी स्मृति प्रतिष्ठानले झापाको उर्लाबारीमा शनिबार आयोजना गरेको कार्यक्रम बोल्दै अध्यक्ष ओलील दुईतिहाईको नजिक पुर्याेएको कम्युनिष्ट पार्टीलाई प्रचण्ड र माधव नेपालले दुई दुई पटक फुटाएको बताउनुभयो । ‘प्रचण्ड यहाँबाट निस्किएर गए, उनलाई लागेको थियो ठुलै भाग लिएर जान्छु भन्ने, आधा कार्यकर्ता नेता यहीँ छाडेर गए, अरू पनि यता फर्कँदै छन्’, उहाँले भन्नुभयो ।
उहाँले एमालेमा प्रवेश गर्नेको लहर नै चलेको बताउनुभयो । आफू झापा आउँदा समेत एयरपोर्टमा पार्टी प्रवेश गराउनु पर्योे भनेर लर्को लागेको उहाँले जानकारी दिनुभयो ।
उहाँले आजको नेपालको राजनीति मदन भण्डारीको विचार र उहाँको बिचराको विरोधमा ध्रुवीकृत भएको उहाँले बताउनुभयो । कम्युनिष्ट पार्टीको बर्को ओडेका प्रतिगामी शक्तिहरू देश बिगार्न लागेको उहाँले बताउनुभयो ।
अध्यक्ष ओलीले प्रचण्ड, माधव नेपाल लगायतका पात्र नेपालको कम्युनिष्ट आन्दोलनको कलङ्क भएको बताउनुभयो । एमालेले राजनीतिलाई स्वस्थ राजनीतिको रूपमा विकास गर्न चाहेको उहाँले बताउनुभयो ।
एमाले देशको भूमि, स्वाभिमानको रक्षा र अधिकारको सुरक्षाको कुरामा प्रतिबद्ध भएर लागेको उहाँले बताउनुभयो । यसमा कमी हुन नदिने ओलीले विश्वास दिलाउनुभयो ।
मदन भण्डारी स्मृति प्रतिष्ठानले नेपालमा असाधारण काम गरेको पनि उहाँले बताउनुभयो । शिक्षा तथा रोजगारीको अवसर सिर्जन गर्न प्रतिष्ठानले उल्लेख्य काम गरेको ओलीले बताउनुभयो ।
मदन भण्डारी स्मृति प्रतिष्ठानले मदन भण्डारीले जस्तै विपन्न नागरिकको पक्षमा काम गरेको उहाँले बताउनुभयो
फेसबुकबाट तपाइको प्रतिक्रिया