कोभिड १९ बिरुद्दको खाने चक्की औषधीलाई जापान सरकारबाट पहिलो पटक स्वीकृत प्रदान

टोकियो । जापान सरकार स्वास्थ्य मन्त्रालयले अमेरिकी फार्मास्युटिकल फर्म मर्क एण्ड कम्पनीद्वारा उत्पादित कोभिड-१९ बिरुद्दको मुखबाट खाने चक्की औषधीलाई शुक्रबारबाट पहिलो पटक स्वीकृत प्रदान गरेको छ ।
मर्कको जापानी शाखा MSD K.K ले जापानमा औषधि उत्पादन र बिक्री गर्न डिसेम्बरको सुरुमा आवेदन गरेपछि नोवेल कोरोनाभाइरसलाई शरीरमा वृद्धि हुनबाट रोक्ने मोल्नुपिरावीरको प्रयोग र वितरणलाई द्रुत-ट्र्याक प्रक्रिया अन्तर्गत जापानमा स्वीकृति दिने बारेमा ग्रीन सिग्नल दिइए अनुसार शुक्रवारबाट स्वीकृति प्रदान गरिएको सरकारी अधिकारीहरूले बताएका छन ।
जापानी सहायक कम्पनीले मोल्नुपिराभिरले कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट विरुद्ध औषधि पनि प्रभावकारी रहेको बताएको छ।
प्रधानमन्त्री फुमियो किशिदाले स्वीकृत भएमा अर्को सातादेखि देशव्यापी रुपमा दुई लाख डोज चक्की उपलब्ध गराइने संकेत गरेका थिए।जापान सरकारले मर्कसँग १६ मिलियन डोज खरिदका लागि सहमति गरिसकेको छ ।
मोलनुपिराभिर बेलायतमा विश्वको पहिलो स्वीकृत कोभिड-१९ को उपचारको लागि खाने चक्की हो । तर बेलायती नियामकहरूले गर्भवती महिलाहरूको लागि यसको प्रयोग सिफारिस गरेका छैनन र यो बच्चाहरूको लागि स्वीकृत छैन। संयुक्त राज्यमा अमेरिकाको खाद्य र औषधि प्रशासनले बिहीबार उक्त खाने चक्कीको लागि आपतकालीन प्रयोग गर्न प्राधिकरण प्रदान गरिसकेको छ ।
जापानी सहायक कम्पनीका अनुसार क्लिनिकल गर्दा कोरोनाभाइरसको लक्षणहरू विकास भएको पाँच दिन भित्र मोलनुपिराभिर औषधि दिएका बिरामीहरूलाई प्लेसबो दिइएकाहरूको तुलनामा अस्पतालमा भर्ना हुने वा मृत्युको सम्भावना ३० प्रतिशत कम रहेको तथ्यांक देखाएको थियो ।
जापान, युरोप र संयुक्त राज्य अमेरिका लगायतका क्षेत्रहरूमा क्लिनिकल परीक्षणहरूको अन्तरिम प्रतिवेदनमा मर्कले सुरुमा मुखबाट खाने चक्की औषधिको प्रयोगले अस्पतालमा भर्ना हुने र मृत्युको जोखिमलाई आधा कम गर्ने बताएको थियो ।
कम्पनीले थप परीक्षणका लागि सहभागीहरूको संख्या बढाएपछि प्रतिशतलाई तल झरेको थियो। जापानमा फ़ाइजरको खाने चक्की स्वीकृत नभए पनि सरकारले अमेरिकी औषधि कम्पनीसँग २० लाख डोज खरिद गर्ने सहमति गरेको छ ।

यस महिनाको सुरुमा फाइजरले अन्तिम अध्ययनको नतिजालाई उद्धृत गर्दै उच्च जोखिममा रहेका बिरामीहरूमा अस्पताल भर्ना वा मृत्युलाई रोक्नको लागि चक्कीले लगभग ९० प्रतिशत प्रभावकारी देखाएको बताएको थियो।

फेसबुकबाट तपाइको प्रतिक्रिया