सेवारो निप्पोन ग्रुप जापानको चौथो साधारणसभाबाट अध्यक्षमा चेम्जोङ चयन

टोकियो । सामाजिक र सामुहिक लगानी गरि काम गर्दै आएको सेवारो निप्पोन ग्रुप जापानको चौथो साधारणसभाबाट अध्यक्षमा भेषराज चेम्जोङ चयन गरिएको छ । जापान टोकियोस्थित नेवा डाईनिङको सभाहलमा आइतबार सम्पन्न सभाबाट संस्थाको सञ्चालक समितिको नेतृत्वमा चेम्जोङ चयन हुनु भएके हो ।

सेवारो निप्पोन ग्रुप जापानको चौथो साधारणसभाबाट निर्देशकमा सुदिप पालुङा, व्यवस्थापक तिलकजङ निङ्लेकु, सचिव देबेन्द्र लावती र कोषाध्यक्षमा लाखध्वज मादेम्बा चयन भएका छन् । त्यस्तै,सदस्यमा होम बहादुर तुम्बापो,मईत तुम्बपो र रेवती फियाक साथै सल्लाहकार सदस्य देबी बहादुर ईङ्नाम रहेका छन् ।

वित्तिय संस्थाको रूपमा नेपाल र जापानमा २०७४ सन् २०१७ स्थापना गरिएको यस संस्थाले मुनाफाको १० प्रतिशत रकम समुदायमा सेवामुलक कार्यक्रम गर्दै आएको जनाएको छ ।
संस्थाको चौथो साधारणसभामा प्रस्तुत गरिएको आर्थिक विवरण मध्ये आम्दानीको १० प्रतिशत मुनाफा दुई लाख ८४ हजार एक सय ४१ रुपैयाँ सामाजिक सेवामुलक क्षेत्रमा खर्च गरिने संस्थाका नवनिर्वाचित अध्यक्ष चेम्जोङले जानकारी दिए ।

यसअघि तेह्रथुम जिल्ला आठराई गाउँपालिका वडा नम्बर ३ सेगु निवासी मिर्गौला पीडित कुबेर ईङ्नामलाई उपचार सहयोग २८ हजार रुपैयाँ,सोही पालिका वडा नम्बर ४ निवासी क्यान्सर पीडित राम कुमारी हुक्पा चोङ्बाङ इङ्नाम को उपचार सहयोग एक लाख नौ रूपैया सहयोग गरेको छ ।

यसैगरी डा महावीर पुनद्वारा स्थापना गरिएको राष्ट्रिय अविस्कार केन्द्रलाई ५१ हजार एक सय रुपैयाँ सहयोग प्रदान गरेको छ ।
नेपालमा २०२० मा सेवारो निप्पोन ग्रुप प्रालि रियलस्टेको रूपमा स्थापना भई कारोबार समेत गरिरहेको यस संस्थाको सभामा कोषाध्यक्ष सुदिप पालुङाले दुई करोड २५ लाख ३२ हजार ९१ रुपैयाँको आम्दानी र २८ लाख ४१ हजार चार सय १० रुपैयाँ खुद मुनाफा साथै एक लाख ३२ रुपैयाँ विभिन्न शिर्षकमा गरेको खर्चको आर्थिक प्रतिवेदन जानकारी गराएका छन् ।

संस्थागत प्रतिवेदन, वार्षिक कार्ययोजना सहितको निती तथा कार्यक्रम सर्वसहमत पारित गरिएको छ । अध्यक्ष देबी बहादुर ईङ्नामको अध्यक्षतामा सम्पन्न भएके थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया