नेपाल मगर संघ जापानले २५औं लाङघाली साँझ साँस्कृतिक कार्यक्रम गर्ने

जापान । नेपाल मगर संघ जापानको आयोजनामा माघेसंक्रान्तिको अवसरमा २५औं लाङघाली साँझ सांस्कृतिक कार्यक्रम हुने भएको छ । मगरहरुको मौलिक तथा राष्ट्रीय पर्ब माघेसंक्रान्तिको अवसरमा हुन गैरहेको लाङघाली साँझ विशेष सांस्कृतिक कार्यक्र हुने भएको हो ।

कार्यक्रम जनवरी २३ आईतबार साँझ साडे ५ बाट तोशिमा सिभिक सेन्टर इकेबुकुरो हुने छ ।

धुमधामले नाचगानको लागि चेतन घर्तीमगरको सालैजोमा कम्मर भाच्न, सबिनबाबु मगरको मगर गीतमा रम्नलाई, केशब श्रीस र गौरब आलेको गीतको मज्जा लिनलाई संगै अपवाद ब्यांडको लाईभ प्रस्तुतिमा दीपन मगर संग संगै झूम्नलाई २३ जनवरी २०२२ इकेबुकुरोमा नेपाल मगर संघ जापानले सम्पूर्ण जापानवासी नेपालीलाई चुले निम्तो गरेको संघका महासचिव रामहरी खपाँगी मगरले जानकारी दिनुभयो ।

नेपाली आदिवासी मगर समुदायको राष्ट्रीय पर्व माघेसंक्रान्तिको अवसरमा मगरहरुको संस्कार-संस्कृति बचाई राख्न माघेसंक्रान्तिको शुभकामना आदानप्रदान तथा कल्चर सांस्कृतिक कार्यक्रम गर्न लागेको अध्यक्ष ओम मगरले बताउनु भयो ।

नेपाल मगर संघ जापान कान्तो क्षेत्रीय समितिले ब्यवस्थापनमा हुने उक्त कार्यक्रममा मगर कौडा र चुड्काको समेत प्रस्तुति रहने छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया