अर्घाखाँची समाज जापानको चौथो अधिबेशनबाट अध्यक्षमा दीपक थापा चयन

जापान । अर्घाखाँची समाज जापानको चौथो अधिबेशन सम्पन्न भएको छ । जनवरी २ तारिख टोकियोमा सम्पन्न अर्घाखाँची समाज जापानको चौथो अधिबेशनबाट अध्यक्षमा दीपक थापा चयन हुनु भएको छ ।
जापानमा जिल्लाबासीको दुस्ख र सुखको सहयात्री बन्दै आएको समाजले २ बर्षे कार्यकालका लागि थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

अर्घाखाँची समाज जापानको चौथो अधिबेशनबाट अध्यक्षमा थापासहित तिन उपाध्यक्षहरुमा कृष्ण केसी, नेत्र प्रसाद पन्थी, कृष्ण आले, महासचिब नारायण प्रसाद भुसाल, तिन सचिब संगीता थापा, अबिनाश जीसी, अर्जुन आचार्य, कोषाध्यक्ष टोप बहादुर घर्ती मगर र सहकोषाध्यक्ष कृष्ण बहादुर आले चयन हुनु भएको छ । समाजको सदस्यहरुमा चेतनारायण थापा, चेतन घर्ती मगर, हरी गौतम, दिल प्रसाद श्रेस्ठ, सरोज भुसाल, देबेंद्र खड़का, हेमन्त रेश्मी, बसन्ता आले, गोबिन्द बिस्ट, निरंजन खड़का, केशब रेश्मी, मधु क्षेत्री चयन हुनु भएको हो ।

अर्घाखाँची समाज जापानको सल्लाहाकारहरु डा. बिष्णु खनाल, अयन टण्डन, डा. योगेन्द्र जी यम, इन्दिरा खनाल, गणेश रायमाझी मनोनित गरेको छ । बाबुराम पौडेलको अध्यक्षता र समाजका संरक्षक नेत्र बिष्टको प्रमुख आतिथ्यतामा, समाजका महासचिब नारायन भुसालले संस्थाको सांगठानिक प्रतिबेदन र कोषाध्यक्ष टोप बहादुर घर्ती मगरले आर्थिक प्रतिबेदन पेस गरेका थिए ।
घोषणा कार्यक्रममा अर्घाखाँचीबाट जापानमा आएर पिएचडी गर्नुभएका डा. बिष्णु खनाल , डा. योगेन्द्र घर्ती मगरलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया