
पोखरा । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा नेकपा एमालेका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।
स्याङ्जाका अर्जुनकुमार सुनाम, कास्कीका पुण्यप्रसाद पौडेल र महिलामा नवलपुरकी लीला थनेतले मनोनयन दर्ता गराएको एमाले प्रदेश सचिव धनञ्जय दवाडीले जानकारी दिए ।
राष्ट्रिय सभा सदस्य निर्वाचन आगामी माघ १२ गते हुँदैछ । त्यसका लागि आज सबै प्रदेशहरुमा मनोनयन दर्ताको कार्यक्रम छ ।
गण्डकीमा सत्ता गठबन्धनको तर्फबाट कांग्रेसकी कमला पन्त, माओवादीका सुरेश आलेमगर र भुवन सुनारले मनोनयन दर्ता गराउने छन् ।
फेसबुकबाट तपाइको प्रतिक्रिया