रामेछाप । रामेछापको मन्थली नगरपालिका गेलुमा आधारभूत स्वास्थ्य कार्यालय भवन हस्तान्तरण भएको छ । आइतबार मन्थली नगरपालिका वडा नं १२ गेलु सिक्रालमा भवन हस्तान्तरण गरिएको कृष्णहरि अधिकारीले जानकारी दिए ।
ठेक्का प्रक्रिया मार्फत २५ लाख लागतमा निर्माण गरिएको पक्कि एक तले भवन आइतबार ठेकेदारले अस्पताललाई जिम्मा लगाएका हुन् । भवन बनेसंगै अब सोही भवनबाट सेवा संचालन हुने भएको छ । भवन बनेसंगै स्थानीय खुसी भएका छन् ।
भुकम्प प्रतिरोधी सुविधा सम्पन्न भवन बनेको हो । भवन हस्तान्तरण नगरपालिकाकी उप-प्रमुख मायाँ कार्कीले भवनको साँचो वडा अध्यक्षलाई प्रदान गरेकी हुन् । भवन हस्तान्तरण गर्दै उपप्रमुख कार्कीले भवन राम्रो बनेको भन्दै यहाँबाट प्रवाह हुने सेवामा गुणस्तरियता आउनु पर्नेमा जोड् दिइन् ।
फेसबुकबाट तपाइको प्रतिक्रिया