बाग्लुङ घर भई जापानमा बस्ने एक नेपालीको हृदयघात भई निधन

जापान । नेपाल बाग्लुङ घर भई जापानको ह्योगो प्रान्तको ईतामी सी बस्ने एक् नेपालीको हृदयघात भई निधन भएको छ । ४२ बर्षिय नन्दलाल कॅंडेलको गत आईतवार जनवरी २ निधन भएको हो ।
बाग्लुङ जिल्लाको काठेखोला गाउॅंपालिका-५ बिहुँकोट कर्लिम स्थायी ठेगाना भई बिगत ११ बर्षदेखि जापानलाई कर्मथलो गराउॅंदै आउनु भएका कॅंडेलको जापानको ह्योगो प्रान्तको ईतामी सीमा आफ्नै कोठामा हृदयघात भई असामयिक निधन भएको जनाईएको छ ।

श्रीमती सहित जापानमा दक्ष कामदार कुकको रुपमा रहेका कँडेलका नेपालमा दुई छोरा रहेका छन् । कँडेलको आज शनिवार जापानमै दाहसंस्कार गरिने छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: