जापानमा नेपाली विद्यार्थी बर्सिलाको असामयिक निधन, हत्याको आशंका

टोकियो । जापानको फूकूओकामा अध्ययनरत एक नेपाली विद्यार्थीको असामयिक निधन भएको छ । प्रारम्भिक जानकारी घटनाको प्रकृति तथा मृतक र आरोपित व्यक्तिहरुको सम्बन्धका आधारमा मृतक नेपाल गोरखाका सुजन बर्सिलाको हत्या भएको ठानिएको छ ।

घटना गत शुक्रबार जनवरी ७ तारिख राती भएको हो । अन्दाजी २२ बर्षिय जापानी भाषा विद्यार्थीको रुपमा अध्ययनरत बर्सिलालाई उनका दुई नेपाली साथीहरुले हत्या गरेको आरोप छ ।
हत्या आशंका गरिएका आरोपितमा एकजना सोही भाषा विद्यालयमा अध्ययनरत नेपाली हुन् भने अर्का एक सोही विद्यालयका पूर्व विद्यार्थी हुन् ।

श्रोतका अनुसार मृतक बर्सिला र आरोपित ढकाल र मगर थरका युवाबिच अघिल्लो दिन विवाद भएको बताईन्छ । सोही बिवादका कारण शुक्रबार राती सँगै बसेर मादक पदार्थ सहित खानपिन गरेका तीनजनाबिच विवाद थप बढ्न पुग्दा बर्सिलाको हत्या गरेको हुनसक्ने घटनाक्रमले देखाएको छ ।

घटनास्थलको अवस्था, ढिलो गरि एम्बुलेन्सलाई खवर, अभियुक्तद्धयले प्रहरीलाई दिएको जानकारीहरु एक आपसमा बाझिने र शंकास्पद लागेपछि प्रहरीले ढकाल र मगर दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

घटनाको बारेमा मृतक बर्सिला अध्ययनरत विद्यालयले घटना हत्याबाट प्रेरित भएको घटनाक्रमले देखाएको जनाएको छ । मृतक बर्सिला विद्यार्थी भिषामा अध्ययनका लागि तिन बर्ष अधि जापानको फुकुओकामा आएका थिए ।

मृतक सुजनको शव हाल पोष्टमार्टमका लागि प्रहरीको नियन्त्रणमा रहेको छ । प्रहरीले मृत्यू शंकास्पद रहेको बताएपनि स्पष्ट कारण पोष्टमार्टम रिपोर्टपछि सोमबार थाहा हुने बताएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: