
जापान । ओखलढुंगा सेवा समाज,जापानको दोश्रो अधिबेशन सम्पन्न भएको छ । कोरोना भाइरसको कारण भौतिक उपस्थिति हुन नसकेपछि जनावरी,८ तारिखमा जुमबाट अधिबेशन छलफल गरी सम्पन्न गरिएको थियो । अधिबेशनले नयाँ कार्य समितिको पनि चयन गरेको छ ।
नेत्रकला गुरुङ अध्यक्ष रहेको समितिमा फडिन्द्र पहाडी वरिष्ठ उपाध्यक्ष,गोकर्ण धमला उपाध्यक्षमा चयन भएका छन । समाजको सचिबमा पुरन्जन नेपाल, सहसचिबमा घनश्याम दाहाल, कोषाध्यक्षमा छिरिङ तामाङ, सहकोषाध्यक्षमा प्रत्युस भुजेल चयन भएका छन ।
समाजको केन्द्रीय सदस्यहरुमा कृष्ण भट्टराई, धन थापा, सुधिर बस्नेत ( ज्ञान ), मन्जु दाहाल, हरि धमला, नीर बहादुर श्रेष्ठ, राजेश खत्री रहेका छन ।
दोस्रो अधिबेशनबाट समाजको संरक्षकमा सन्तोष बानियाँ चयन भएका छन।
सन २०२० जनवरी १ तारिखमा पहिलो अधिबेशन गरी ओखलढुंगा सेवा समाज, जापानको स्थापना भएको थियो । समाजले २ वर्षको अवधिमा साना ठुला ३० वटा भन्दा बढि कार्यक्रमहरु मार्फत ज़िल्लालाई सहयोग गरि सकेको छ । आगामी दिनहरुमा अझै प्रभाबकारीताका साथ काम गर्ने उदेश्यले दोश्रो अधिबेशन सम्पन्न भएको छ ।
नयाँ जोस-जाँगर र सकारात्मक सोच भएको एउटा राम्रो ,गौरपूर्ण टीम बनेको छ । आशा छ यो टीमले बिगतको भन्दा धेरै राम्रो काम गर्ने छ ” अध्यक्ष गुरुङले भनिन ।
नयाँ कार्य समितीका सम्पूर्ण सदस्यहरुलाई ठुलो नभई सानो सोचाइ राख्न र पवित्र सोचाइ राखेर काम गर्न समेत उनले अनुरोध गरेकी छिन ।
फेसबुकबाट तपाइको प्रतिक्रिया