सोनाम ल्होछारको अवसरमा टोकियोमा बृह्त साँस्कृतिक साँझ हुने

जापान । नेपाल तामाङ समाज केन्द्रिय समिति जापानले सोनाम ल्होसारको अवसरमा टोकियोमा बृह्त साँस्कृतिक साँझ २०२२ गर्ने भएको छ । समाजले १३ फ्रेबअरी २०२२ मा जापानको राजधानी टोकियोस्थित ईकेबुकुरोमा गर्ने भएको छ ।

टोकियोको तोसिमा सिभिल सेन्टरमा साँस्कृतिक साँझ गर्ने निर्णय गरेको समाजका सह-कोषाध्यक्ष स्मृती मोक्तानले बताइन् । उनका अनुसार लाङ ल्हो गाई बर्षलाई बिदा गरेर च्यान बाघ बर्षको शुभाम्भको अवसरमा बृहत सांस्कृतिक साँझ कार्यक्रम गरिएको हो ।
कार्यक्रममा स्थानीय कलाकारहरुको उपस्थितीमा तामाङ सेलो, म्हेन्दोमाया, गुरुङ समुदायको घाटु, सोराटी, राई, मगर लगायतका सांस्कृतिक झलकहरुको प्रस्तुति गरिने भएको छ ।
ल्होछार साँस्कृतिक साँझ तक/च्यान (बाघ) बर्ग -२०२२ फेब्रुवरी १३ मा मनाउने 🙏✍️
स्यार लो न्हुपज्याङरी स्ह्युबा ह्राङ मोक्कोन तामाङ थेन गैरतामाङ ज्योज्यो आले नाना आङा आबा आमा म्हेम्हे मामदा ल्हासो फ्याफूल्ला ह्याङला भाषा , लिपी संस्कृति, संस्कारला जोगाव लबदा आखे म्हेम्हेमेसे तेन्सी थन्बला रीमठिमदा छर्ना लबदा चु खवा फेब्रुवरीला १३ तारिखरी जापानला टोकियोला तोसिमा कुमिन सेन्टररी नेपाल तामाङ समाज जापान एनपिओ होउजिन केन्द्रीय कार्यसमितिसे स्हेङबा 「ता ल्हो (बाघ) बर्ग २८५८ औँ सोनाम ल्होछार विशेष साँस्कृतिक साँझरी फेबखाऊ बिसी अनुरोध लाबा मुला 」🙏✍️

तपशिलः
मितीः फेब्रुवरी १३ तारिख आइतबार
समयः साँझ ५ः३० ~ ९ः३० सम्म
स्थानः तोसिमा कुमिन सेन्टर इकेवुकुरो टोकियो
आयोजक
नेपाल तामाङ समाज जापान केन्द्रिय समिती
NPO 【法人 】- NTSJ

फेसबुकबाट तपाइको प्रतिक्रिया