टोकियो । जापानमा विभिन्न माध्यमबाट पेशा व्यवसाय रोज़गारीका लागि आएका अविभावकका बालबालिकालाई नियमित शिक्षासँग जोडी राख्न र उच्च शिक्षाप्रति अविभावकलाई उत्प्रेरित गर्ने उद्देश्यले जापानमा नेपाली दोस्रो पुस्ताको भविष्य, चुनौती र अवसर विषयक अन्तरक्रियात्मक कार्यक्रम हुने भएको छ ।
एनआरएनए जापानको एनआरएनए मेरो साथी अन्तरगतको चौथो शृंखलाको रूपमा गर्न लागिएको सो कार्यक्रममार्फत जापानमा नेपाली बालबालिकाको अवस्था र भविष्य, जापानमा जन्मिएका बालबालिकालाई जापानमा नै पढाउने वा नेपालमा, जापानमा रहेका बालबालिकालाई नेपाली भाषा र संस्कारप्रतिको झुकाव कसरी गराउने भन्ने विषयमा केन्द्रित रहेर जनवरी २२ तारिक भर्चुवल रूपमा अन्तरक्रिया हुने एनआरएनए जापानका केन्द्रीय सदस्य तथा कार्यक्रम संयोजक दिलिप कंडेलले जानकारी दिए ।
सो अन्तरक्रियामा समाजशास्त्री, शिक्षाविद् र मनोपरामर्शदाता र जापानका बारेमा जानकार व्यक्तित्वहरू धर्मराज अधिकारी, डा. भूपालमान श्रेष्ठ, रन्जु लामिछाने, मेघराज नेपाल र हिरालाल कंडेलले आफ़नो प्रस्तुति र अनुभवहरू राख्ने र लाईभ कमेंटका साथै सहभागीहरूको जिज्ञासालाई पनि सम्बोधन गर्ने गरि कार्यक्रमको तयारी गरिएको सचिव श्याम शितलले बताए ।
फेसबुकबाट तपाइको प्रतिक्रिया