फरक प्रसँग : अब बाल अधिकारका कुरा पनि गरौं

मिरा राजभण्डारी,
महिला र पुरुषको पिडा र महिला सशक्तिकरन र मानब अधिकारका सवाल मा थुप्रै बहस भये । धेरै कुरा हरु पढियो तर ति पुरुष र महिला बाट जन्मिने बालक हरुका अधिकार बारे खासै पढ्न पाइदैन ।
एउटा बालक का लागि आमा सर्बोपरी हो भने पिता सुर्य हुन घाम हुन । ट्याक्क भन्दा पिता घाम हुन भने आमा रुख । पिता को न्यानो र माता को शितलता ले सिन्चित बालबालिका को आत्मबिस्वा बलियो हुन्छ मेरो मान्यत्ता । त्यसैले मानब अधिकार का बिभिन्न आयाम मा बहस गरी रहदा बाल अधिकार का कुरा पनि गरौ ।

कुनै पनि बालक निबेदन दिएर जन्मिदैन । महिला पुरुषको राजीखुशी बाट जन्मिने हो । कतिका सन्तान हुन्नन । सन्तान को महत्व बँस चलाऊन मात्र होइन मामत्व के हो भन्ने आभास गर्न ति सन्तान बिहिन माता र पिता हरु का मनोभाव बुझ्न सके ठुलो क्रान्ति हुन्छ । तर आफ्ना सुख का लागि तिनै सन्तान लाई गौन् मा राखिन्छन , मेरो मात्र बच्चा हो र ? त्यसको पनि हो नि गरोस न उस्ले पनि भन्ने सुनिन्छ दुबै महिला पुरुष को मुख बाट । एक बरिस्ठ इन्जिनियर महिला सँग एक दिन भर बिताउने मौका पाएकी थीएं । दिउँसो तिर छोरा साथी लिएर आए । मम्मी पाँच सय रुपैयाँ दिनुस् न “ भनेर मागे ति किशोरले ।

भर्खर को लक्का जवान किशोर । कपाल नकोरेको , मैलो मैलो लुगा , थोत्रो जुत्ता । पिता र माता को कुरा नमिल्दा त्यो किशोर ले पाउनु पर्ने पिता को न्यानो र माता को शितल छहारी बाट वन्चित हुनु पर्‍यो । घटना १३ बर्ष अगाडि को हो । हुनत अरुको जिबन मा टिप्पणी गर्ने अधिकार हामी लाई छैन । ति महिला का केके पिडा थिए र श्रीमान किन त्यागिन त्यो उसैले मात्र बुझ्छिन । तर हामी मानव अधिकार र सामाजिक मुद्दा मा बहस गर्ने र दुई चार खेस्रा कोर्ने हरुलाई निती शास्त्र को मिक्स स्कयान थ्योरी अनुसार समाज लाई नजिक र टाढा बाट अवलोकन गर्ने बानी हुदो रैछ ।
यो हुनु पर्छ वा यो गर्नु पर्छ भन्ने अधिकार हामी पत्रकारिता गर्ने लाई छैन । तर समाज का बिभिन्न अवयब हरुको अबलोकन गरी रहने हरु ले येस्ता मुद्दा हरु समाज सामु पस्की दिने हो मात्र ।

आजको फरक प्रसँग फरक बिचार येति नै ।

फेसबुकबाट तपाइको प्रतिक्रिया