
काठमाडौं । पशुपति धर्मशालामा सञ्चालित होटल आनन्दको छानबिनका लागि अर्को समिति गठन भएको छ । सरकारी जग्गा तथा सम्पत्ति अनधिकृत रूपमा हत्याएको आरोप लागि रहेको बतास समूहले सञ्चालन गरिरहेको उक्त होटलको थप अनुसन्धानका लागि भन्दै पशुपति विकास कोषले मंगलबार कोषका सदस्य सचिव मिलन थापाको नेतृत्वमा छानबिन तथा कारबाही सिफारिस समिति गठन गरेको हो ।
यस समितिले होटल सञ्चालन तथा ठेक्का सम्झौताको सन्दर्भमा भएका गल्ती तथा बदमासीको अनुसन्धान गर्ने र सरकारलाई बुझाउने कोष स्रोत जानकारी दिएको छ । त्यसो त यसअघि नै यता संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले सोही होटलको ठेक्का सम्झौता तथा बदमासीको बारेमा छानबिन गर्न कोषकै कोषाध्यक्ष नारायण सुवेदीको संयोजकत्वमा छानबिन समिति गठन गरेका थिए ।
उक्त समितिले बतास समूले सम्झौता विपरीत गतिविधि गरेको प्रतिवेदन गत माघ ३ गते सरकारलाई बुझाएको थियो ।
फेसबुकबाट तपाइको प्रतिक्रिया