हेटौडा । बागमती प्रदेशसभा अन्तर्गत अर्थ तथा विकास समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापति पदमा क्रमशः नारायणबहादुर सिलवाल र केशवप्रसाद पोखरेलले मनोनयन दर्ता गराएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
उनीहरू दुवै जना एमालेका तर्फबाट उम्मेदवार हुन् भने दुवै जना काठमाडौँबाटै निर्वाचित छन् ।
सचिवालयका अनुसार दुवै समितिको भोलि हुने निर्वाचनमा सत्ता गठबन्धनबाट भने उम्मेदवारी दर्ता भएको छैन । आज अपराह्न ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो । वैशाखदेखि रिक्त रहेको अर्थ तथा विकास समितिमा २२ जना सदस्यमध्ये एकजना सभापति चयन गरिनेछ भने शिक्षा, स्वास्थ्य तथा कृषि समितिका १९ जना सदस्यमध्ये एकजना सभापति चयन गरिने जनाइएको छ ।
अर्थ तथा विकास समितिमा २० र शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा १९ जना मतदाता छन् । यी दुवै समितिमा एमालेका १२–१२ जना सदस्य रहेका छन् ।
फेसबुकबाट तपाइको प्रतिक्रिया