नेपालमा ७० प्रतिशत नागरिकले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं । नेपालमा १८ वर्षमाथिका ७० प्रतिशत नागरिकले कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार लक्षित जनसंख्या १८ वर्षभन्दा माथि उमेर समूहको ७०.७ प्रतिशत नागरिकले खोपको पूर्ण मात्रा लगाएका हुन् ।

विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ नेपालले ट्वीटरमार्फत नेपाललाई ७० प्रतिशत वयस्क जनसंख्यालाई पूर्ण खोप लगाउन सफल भएकोमा बधाई समेत दिएको छ । डब्ल्यूएचओ नेपालले यसलाई नेपाल तथा सहयोगी निकायको ठूलो सफलता समेत भनेको छ ।

१८ वर्षमाथिका ८६.९ प्रतिशतले कम्तिमा एक मात्रा खोप लगाएको मन्त्रालयएको तथ्यांकमा उल्लेख छ । सरकारले चैत मसान्तसम्मा १८ वर्षमाथिका सबै नागरिकलाई खोप दिने लक्ष्य राखेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया