रामेछापको ८ वटै स्थानीय तहको ६४ वटै वडामा निर्वाचन जित्ने अभियानमा छौं : ढुंगेल

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य एवं रामेछापका इन्चार्ज कैलाश ढुंगेलले रामेछापको ८ वटै स्थानीय तहको ६४ वटै वडामा निर्वाचन जित्ने गरी अभियान चलाउने बताएका छन् । ढुंगेलले पार्टी विगतको भन्दा बलियो उपस्थिति रहेको बताउदै स्थानीय तहको निर्वाचनमा रामेछापमा सबै वडा जित्ने गरी पार्टीलाई परिचालन गर्ने दावी गरेका हुन् ।

शनिबार राजधानी काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै इन्चार्ज ढुंगेलले अब काठमाडौं भन्दा रामेछापको गाउँगाउँमा पुगेर चुनावी अभियानमा केन्द्रीत हुन नेता कार्यकर्तालाई निर्देशन दिए । उनले भने,‘अब चुनाव जित्नको लागि गाउँ गाउँमा खटिनुहोस, रामेछापमा एमालेलाई हराउने तागत अरु पार्टीसँग छैन् ।’
राजनीतिक कारणले चुनाव जित्छौ, पैसाले होइन, पार्टीले माया लगाएर हासी हासी चुनाव जित्ने वातावरण बनाउने दाबी गरे ।

नेकपा एमाले रामेछापमझुवा-काठमाडौं सम्पर्क मञ्चको प्रथम ऐतिहासिक अधिवेशनको प्रमुख अतिथी नेकपा एमाले केन्द्रीय सदस्य तथा रामेछाप ईन्चार्ज कैलाश ढुङ्गेल, अतिथीहरु केन्द्रीय सदस्यद्वय माधव ढुङ्गेल, गिता कार्की, बागमती प्रदेश कमिटी सदस्य तथा खांडादेवी पालिका अध्यक्ष प्रेम बहादुर तामाङ्ग, उपत्यका विशेष प्रदेश कमिटी सदस्य कृष्णहरी केसी, जिल्लाकमिटी उपाध्यक्ष ईन्द्र तामाङ्ग, सचिव पुरूषोत्तम कडरिया, जिक सदस्यहरु, युवासंघ, सम्पर्कमञ्च तथा अनेरास्ववियुका नेताहरु लगायतको भव्य उपस्थितिमा काठमाडौंमा सम्पन्न भएको थियो ।
अधिवेशनबाट राजु रायमाझीको अध्यक्षतामा २३ सदस्यीय मझुवा काठमाडौं सम्पर्कमञ्च गठन भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया