प्रदेश १ मा थप आठ जना मन्त्री नियुक्त, मन्त्रीमण्डल १४ सदस्यीय पुग्यो

झापा : प्रदेश १ मा आज थप आठ जना मन्त्री नियुक्त भएका छन । आठजना मन्त्री नियुक्त भएसगै मुख्यमन्त्री राजेन्द्र राईको नेतृत्वको मन्त्रीमण्डल १४ सदस्यीय बनेको छ । जसमा १३ मन्त्री र एक राज्यमन्त्री छन् ।

मन्त्रिपरिषदमा आज नेपाली कांग्रेसबाट तीन, नेकपा एकीकृत समाजवादी पार्टीबाट तीन र माओवादी केन्द्रबाट दुईजना थप भएका छन् । प्रदेश १ को मन्त्रिमण्डलमा नेपाली कांग्रेसबाट मोरङका शेखरचन्द्र थापा, झापाका ओमप्रकाश सरावगी र ताप्लेजुङका प्रतापप्रकाश हाङमाङ नियुक्त भएका छन्।

फेसबुकबाट तपाइको प्रतिक्रिया