सत्तारुढ दलको बैठकमा एमसीसीबारे सहमति जुटेन, देउवाद्धारा ओलीसँग सम्वाद

काठमाडौं । सत्तारुढ गठबन्धनमा अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबल गर्नै सहमति नजुटेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख विपक्षीसँग सम्वाद बढाएका छन् ।

सत्तारुढ चार दलका शीष नेताहरुको बैठकलगतै पत्नी आरजु राणासहित बालकोट पुगेका देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लामो छलफल गरेका छन् । बिहीबार नै सत्तारुढ चार दलको बैठकअघि कांग्रेस नेता मिनेन्द्र रिजालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई थिए । सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि एमाले नेताहरु निरन्तर सम्पर्कमा छन् ।
एमसीसी सम्झौता संसदमा टेबल गर्ने विषयमा सत्तारुढ चार दलबीच बिहीबार पनि सहमति जुट्न सकेन । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार संसदमा एमसीसी टेबल गर्ने प्रस्ताव गरेका थिए । बैठकको सुरुमै उनले भनेका थिए, ‘अस्ति तपाईहरुले टेबल गर्न दिन्छु भन्नुभएकै हो, अब टेबल गर्न दिनुस् ।’

फेसबुकबाट तपाइको प्रतिक्रिया