हेटौँडामा खेलकुद महासंघद्धारा ‘नेकोस बागमती प्रदेश पुरुष डबल्स ब्याटमिन्टन प्रतियोगीता’

हेटौँडा । नेपाल खेलकुद महासंघ बागमती प्रदेशले ‘नेकोस बागमती प्रदेश पुरुष डबल्स ब्याटमिन्टन प्रतियोगीता’ आयोजना गरेको छ ।

नेपाल खेलकुद महासंघ बागमती प्रदेशको प्रथम अधिवेशनको पूर्व सन्ध्यामा प्रतियोगीता आयोजना गरिएको नेपाल खेलकुद महासंघ बागमती प्रदेशका संयोजक सीताराम कार्कीले जानकारी दिए । नेपाल खेलकुद महासंघ बागमती प्रदेशको अधिवेशन एमाले पोलिट्ब्यूरो सदस्य एवम् खेलकुद महासंघका इन्चार्ज गोकुल बाँस्कोटाको प्रमुख आतिथ्यतामा शनिबार हुँदैछ ।

प्रदेश भित्रका १३ जिल्लामध्ये प्रतियोगीतामा काठमाडौँ उपत्यकाका ३ जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुर सहभागी छैनन् । बाँकी १० जिल्लामध्ये ८ जिल्लाले प्रतियोगीतामा सहभागीता जनाएका छन् ।

रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली, दोलखा, मकवानपुर, धादिङ, चितवन र नुवाकोट जिल्ला सहभागी भएको नेकोस बागमती प्रदेश पुरुष डबल्स ब्याटमिन्टन प्रतियोगीता फागुन १३ गते उद्घाटन भएको छ । फागनु १४ गते शनिबारसम्म प्रतियोगीता आयोजना हुनेछ ।

संयोजक सीताराम कार्कीको अध्यक्षतामा भएको शुक्रबारको उद्घाटन कार्यक्रममा भने नेकपा एमाले केन्द्रीय सदस्य तथा नेकोस सह–इन्चार्ज रमेश पौडेल प्रमुख अतिथि थिए । उनले नेपालमा हरेक खालका खेलकुदको अपार सम्भावना रहेको बताए । कार्यक्रममा युवा परिषद वागमती प्रदेशका उपाध्यक्ष सन्तोष चौलागाईले शुभकामना दिएका थिए ।

नेकोस केन्द्रीय आयोजक कमिटी सदस्य रामकृष्ण खड्का, धर्म लामा, उज्वल सुवेदी, तिर्थ खड्का, हरिवंश कँडेरिया, सगुन थापा, ब्याटमिन्टन संघ मकवानपुरका अध्यक्ष बिके बोस लगायतका अतिथिहरु उपस्थित थिए ।

प्रतियोगीता बागमती प्रदेशको राजधानी मकवानपुरको हेटौँडामा भईरहेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया