
जापान । एनआरएनए राष्ट्रिय समन्वय परिषद जापानमा देखिएको विवाद समाधान गर्नका लागि भवन भट्टको समयोजकत्वमा छ सदस्यीय विवाद समाधान समिति गठन गरिएको छ ।
शनिबार जापानको सिज़ुओकामा सम्पन्न नेपाली समुदायमा सक्रिय विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सम्मिलित भेलाले एनआरएनए जापानमा पछिल्लो समय देखा परेको समस्या समाधानका लागि गठित सो समितिमा एनआरएनए उच्च स्तरीय समितिका अर्का सदस्य देवमान हिराचन, एनआरएनए जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङग, एनआरएनए विधान संशोधन मस्यौदा समितिका सदस्य भूषण घिमिरे, एनआरएनए जापानका पूर्व अध्यक्ष रोशन केसी र सुदन थापा रहेका छन ।
जापानमा भएका एनआरएनए अभियन्ता तथा अग्रजहरूको संयुक्त भेलाले एनआरएनए जापानमा पछिल्ला दिनमा भए गरेका गतिविधिप्रति चिंन्ता र चासो व्यक्त गर्दै यस परिस्थितिबाट सबै पक्षलाई मान्य हुने गरि यथाशक्य छिटो निकास दिनुपर्नेमा सबैको एकमत राय प्रकट भै सोहि कार्य गर्ने ज़िम्मेवारी सो समितिलाई प्रदान गरिएको एनआरएनए जापानका पूर्व ओम गुरूङले जानकारी गराउनु भयो ।
एनआरएनए जापानको निर्वाचनका सन्दर्भलाई लिएर भैरहेको विवाद समाधान गर्ने मुख्य जिम्मेवारी सो समितिको रहेको छ । गत ३० जुलाई २०२१ मा सम्पन्न निर्वाचन धाँधली भएको भन्दै आएका निर्वाचनमा हारकाहरुको समस्या समाधानको लागि सरोकावाला पक्षसँग समन्वय, छलफल तथा आवश्यक अन्तरक्रियात्मक लगायतका विधिको अवलम्बन गरि पहिलो चरणमा सहमति गराउने प्रयास गरि निकास निकाल्ने म्यान्डेड प्रदान गरिएको छ ।
गत जुलाई ३० तारिख सम्पन्न निर्वाचनको परिणाम सार्वजनिक भएसंगै शिवप्रसाद पौडेल नेतृत्वको नेतृत्वलाई स्वीकार गरी सकेको अवस्थामा केहि पराजित ब्यक्हिरुले विबाद निकाले पछि त्यसको समधान गर्न समिति बनेको हो ।
निर्वाचन भएको ८ महिना भईसक्दा पनि पराजितहरुले समान्तर गतिविधी गरेपछी आईसीसीको पुर्व अध्यक्ष देवमान हिराचनले समिति नै खारेज गरेपछि हाल अर्को समुह नभएको र पौडेललाई आईसीसी अध्यक्ष कुमार पन्त र जापानको सरकारी निकायमैं आधिकारी दर्ता भईसकेकोले एनआरएनए राष्ट्रिय समन्वय परिषद जापानमा पौडेललाई नै सबैले स्वीकार गरेर जानु पर्ने दबाव छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया