
काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) व्याख्यात्मक घोषणासहित प्रतिनिधिसभाबाट अनुमोदन भएसँगै ‘ठूलो संकट’ टरको सन्देश दिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १६ फागुनमा आफ्नै निवासमा पत्रकार सम्मेलन राखेका थिए । तर त्यही पत्रकार सम्मेलनमा प्रचण्डले दिएको अभिव्यक्ति पार्टीभित्र थप संकट निम्त्याउने कारक बनिदियो ।
त्यसै त, एमसीसी अनुमोदनको पक्षमा माओवादी केन्द्र उभिएपछि पार्टी पंक्तिमा ठूलै असन्तुष्टि थियो । अझ प्रचण्डको अभिव्यक्तिकै कारण नारायणकाजी श्रेष्ठ पार्टीबाट समूह अलग हुनसक्ने संभावना बढायो ।
शुक्रबार राष्ट्रियसभा गृहमा केन्द्रीय कमिटीको बैठक उद्घाटन गरिरहँदा पार्टीभित्र बढेको संकट अध्यक्ष प्रचण्डको मुहारबाट लुकेको थिएन । बैठक उद्घाटनमा प्रचण्डले धेरै नबोल्नु, एमसीसी अनुमोदन गर्नुपर्ने बाध्यता सुनाउनु र छेउमै बसेका नेता श्रेष्ठलाई फकाउनेतिर लाग्नुले पनि माओवादी केन्द्रभित्रको संकट प्रष्ट हुन्थ्यो ।
नेताहरुका अनुसार, प्रचण्डपछि बोलेका श्रेष्ठले भने व्यवस्थित र लामो सम्बोधन गरे । नेता श्रेष्ठले एमसीसी अनुमोदन भएकोमा जमेर विरोध मात्र गरेनन्, नेतृत्व चुकेको टिप्पणी समेत गरे ।
श्रेष्ठको यस्तो मन्तव्यपछि भने बल्ल प्रचण्डले केही राहतको सास फेरे । किनकि नारायणकाजीको अभिव्यक्तिमा गुनासो बढी, विद्रोह कम थियो । श्रेष्ठले एमसीसी अनुमोदन भइसकेकाले जनपरिचालन गरेर क्षति न्यूनिकरण गर्ने सम्भावना सुनाएपछि प्रचण्डले त्यसमै सहमति जनाएका छन् ।
‘नारायणकाजी श्रेष्ठले बोलिसकेपछि अध्यक्षले उहाँको लास्टको कुरा ठीक छ, त्यहीँबाट एकता सम्भव छ भन्नुभएको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया