एमालेबाट चनखुमा यी हुन वडा अध्यक्षका प्रत्याशीहरु,थाले आफ्नो तयारीको गृहकार्यमा

रामेछाप । निर्वाचन आयोगले २०७९ बैशाख ३० गतेलाई स्थानीय तहको निर्वाचन मिति तय गरे संगै मन्थली १०,चनखु,रामेछापमा नेकपा एमालेको सुर्य चिन्हको झण्डा फहराउने रणनीति सङै सम्भावित अध्यक्षको उम्मेदवार दिनेमा आफ्नो माहोल बनाउन दौडधुप चलिरहेको छ। तत्कालीन परिस्थितिमा जनताको भावनालाइ मध्यनजर गर्दा नेकपा एमालेप्रतिको आशा सङै अघिल्लो पटक एमालेलाई नजिताउदा आफुहरुले शास्ती भोग्नु परेको तथा नेकपा माओवादी र नेपाली काङ्ग्रेससग कुनै अपेक्षा समेत नभएको र मुलुककै लोकप्रिय पार्टी नेकपा एमालेबाट सक्षम नेतृत्व चयन गरेर आउन सल्लाह सहित जनभावना अनुरुप नेतृत्व आउदा आम जनसमुदायले एकपटक नेकपा एमालेको नेतृत्व चाहेको बुझिएको छ।त्यसैअनुरुप तपशिलका नेताहरुले आफुले उम्मेदवारी दिन तयारी गर्दैगरेको हामिलाइ जानकारी दिनुभएको छ ।

१.डम्बर बोहोरा
(२०४६ सालदेखि निरन्तर रुपमा पार्टीमा कृयाशिल भै कम्युनिस्ट पार्टीलाई चनखुमा बिजारोपन गर्ने देखि आजसम्म टिकाइराख्न महत्वपूर्ण योगदान पुर्याएका पुराना बामपंथी नेता हुन।गत स्थानीय निर्वाचनमा एमालेबाट वडा अध्यक्षको प्रत्याशी भै पराजित भएका रामेछाप जिल्ला कमिटी सल्लाहकार डम्बर बहादुर बोहोराले आफुले एकपटक जनप्रतिनिधि भएर ४६ सालदेखी चनखुको समृद्दिको बिषयमा बोकेको सपना साकार गर्न अध्यक्षको दाबी गरेका बताएका छन)

२.जित बहादुर खत्री
(निर्माण ब्याबसायमा सम्लग्न समाजसेवी जित बहादुर खत्री आफू पहिले देखि नै कम्युनिस्ट बिचार धारप्रती एकदमै मन्त्रमुग्ध भएको र आफ्नो रिटाएर जिन्दगी आफ्नो जन्मथलोमा निश्वार्थ जनताको काम अर्थात समाजसेवा गरेर जीवन ब्यतित गर्ने सपना भएकोले पार्टीले योग्य उम्मेदवार ठान्दा आफू बलियो उम्मेदवार साबित हुने जिकिर गरेका छन।

३.रामहरी चौहान
(कम्युनिस्ट पृष्ठभुमिका रामहरि चौहान नेपाली सेनामा रहि सुब्दारमेजार भै रिटायर्ड लाइफ जिरहेकाले आफू बाकी जीवन समाजसेवामा ब्यतित गर्ने युवाहरुको चाहाना र अपेक्षा अनुरुप आफुले काम गर्न सक्ने प्रतिबद्दताका साथ आफुले उम्मेदवारी दिने मनासय बनाएको जानकारी दिएका छन। )

४.पवन तामाङ
(अनेरास्ववियु वाग्मती प्रदेश कमिटी सदस्य समेत रहेका पवन तामाङले तत्कालीन परिस्थितिमा नेतृत्व परिवर्तनका लागि आफुलाइ बलियो उम्मेदवारका रुपमा प्रस्तुत गरेका)

५.नेत्र बुढाथोकी
(अनेरास्ववियुका पुर्व केन्द्रीय सदस्य नेत्र बुढाथोकी युवाहरु भबिष्यका कर्णधार मात्रै होइन बर्तमानका जवरजस्त हिस्सेदार पनि हुन भन्ने साबित गर्न र युवा नेतृत्व विकास गर्न साथै सुखी चनखु सम्रुद्द चनखु निर्माणको स्पष्ट मास्टर प्लान आफुसग भएको र आम युवाहरुको चाहानलाइ नकार्न नसकेर आफुले उम्मेदवारी दिने घोषणा गरेका छन।)

६.टिकाराम बोहोरा
(नेकपा एमाले मनपा-१० वडा कमिटी सह-सचीव समेत रहेका टिकाराम बोहोरा लामो समय नेपाली सेनामा कार्यरत पश्चात् रिटाएर लाइफमा नेकपा एमालेमा कृयाशिल छन।अबको समय राजनितिलाइ बिशुद्द रुपमा समाज सेवामा समर्पित गर्न आफू लागिरहेको र वडाको नेतृत्व गर्न सक्षम भएकाले उम्मेदवारी दिएको जानकारी दिए।)

७.अनुज खत्री
(नेकपा एमाले मनपा-१०,चनखु काठमाडौ सम्पर्क मन्चका अध्यक्ष पछिल्लो समय राजनीतिलाई ब्याबसायको रुपमा प्रयोग गर्ने गलत प्रवृत्ति हाबी भैरहेको हुदा यस्लाइ चिर्न र राजनीति बिशुद्द समाजसेवा हो भन्ने कुरा स्थापित गर्न आफ्नो उम्मेदवारी भएको जानकारी दिनुभयो। )

८.सुनाकाजी थापामगर
वडा कमिटी सचिवको जिम्मेवारी बहन गरिरहेका सुनाकाजी थापामगरले कुराले भन्दा पनि कामले श्रेष्ठता हासिल गर्न सक्ने बिश्वासका साथ अध्यक्षको उम्मेदवारी दिएका छन।)

फेसबुकबाट तपाइको प्रतिक्रिया