मगर संघ जापान तोकाईबाट घर्तिको विदाई, कार्यवाहक अध्यक्षमा बिवश थापा

जापान । नेपाल मगर संघ जापानको क्षेत्रीय समिति तोकाईका अध्यक्ष जय प्रकाश घर्ति मगरले हाल उपाध्यक्ष रहेका बिवश थापा मगरलाई कार्यवाहक अध्यक्षको जिम्मावारी हस्तान्तरण गर्नु भएको छ । लामो समयको जापान बसाईपछी आफु नफर्किने गरी जापान छोडेर स्वदेश फर्कन लागेको हुँदा अध्यक्ष घर्तिले यही मार्च २० तारीख आईतबारको चालु बैठकमा राजीनामा पेश् गरेका थिए ।

बैठकमा सहभागी संरक्षक, सल्लाहकार तथा कार्यसमितिहरु सबैले उहाँको राजीनामा पत्रलाई अनुमोदन गरी स्विकार गरीदिए पछी उहाँको राजीनामाले अौपचारिक मान्यता पाएको थियो । बैठकले उही दिन उपाध्यक्ष बिवश थापा मगरलाई कार्यवाहक अध्यक्ष चुन्ने निर्णय गरेपछी अध्यक्ष घर्ति मगरले थापालाई कार्यवाहक उपाध्यक्षको जिम्मावारी हस्तान्तरण गरेका हुन् । बिवश थापा मगर आगामी अधिवेशन् सम्म नेपाल मगर संघ जापान तोकाई क्षेत्रीय समितिको कार्यवाहक अध्यक्षको रुपमा रहने छन् ।

जापान आएको केही समय देखिनै मगर संघमा आबद्ध भईआएका जय प्रकाश् घर्ति मगर २०१८ मा तत्कालीन अध्यक्ष विकास राना मगर नेतृत्वको कार्यसमितिमा उपाध्यक्ष पदमा रही सक्रिय र प्रशंसायोग्य भुमीका निर्वाह् गर्नु भएको थियो । त्यसपछी २०२० मा भएको अधिवेशनबाट सर्वसम्मत अध्यक्ष बनेका घर्तिले तोकाई क्षेत्रमा संस्थागत रुपमा र व्यक्तिगत रुपमा पनि विभिन्न भईपरी आउँने सामाजिक कार्यहरुमा उल्लेखनीय योग्दान दिँदै आएका थिए । केन्द्रिय सल्लाहकार लक्ष्मण घर्ति मगरको स्पष्ट धारणा छ ( ुनेपाल मगर संघ जापानको केन्द्रिय समिति सँग पनि सक्रिय रुपमा सम्पर्क र सहकार्य गर्न उहाँ जय प्रकाश घर्ति मगर जी सँधै अब्बल रहनु भयोु।

नेपाल मगर संघ जापानका केन्द्रिय अध्यक्ष ओम काउचा मगर भन्नु हुन्छ ( ुकुनै पनि पदमा वहाल रहेको व्यक्ति बिभिन्न कारणबस् कार्यकाल नसकिँदै देश फर्कनु परेमा अौपचारिक रुपमा प्रक्रिया पुरा गरेर विदा हुनु संघ प्रतिको ईमान्दारीता हो जो विधानमा पनि उल्लेख छ । र त्यो ईमान्दारीता तोकाई क्षेत्रिय समितिका अध्यक्ष जय प्रकाश जी ले पुरा गरेर जाँदै हुनुहुन्छ । यो हामी सबैले पालना गर्नु पर्छ ।ु साथै अघिल्ला कार्यकालका केही पदाधिकारी साथीहरुबाट यो ईमान्दारीता प्रकट नहुँदा केही समय संस्था गुमराहमा गुज्रनु परेको दुखेसो अध्यक्ष ओमले सुनाउँनु हुन्छ ।

आउँदो अप्रिल ९ तारीक तोकाईको नागोयामा विदावादी कार्यक्रम रहेको हुँदा उक्त कार्यक्रममा निवर्तमान अध्यक्ष जय प्रकाश् घर्ति मगर र सँगै जान लागेका अर्का कार्यसमिति सदस्य नकस घर्ति मगर दुबैजनालाई संघका संरक्षक कौडा बुढा मगरको हातबाट सम्मान पत्र प्रदान गरीने बताईएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया