जापान । स्याङ्जा समाज जापान क्षेत्रीय समिती नागोयाले प्रकाशन गर्न लागिएको ‘प्रवासी नेपाली’ नामक स्मारिकाको बिमोचन कार्यक्रम अप्रिल १४ तारिक हुने भएको छ । जापानको नागोया स्थित देउराली दोहोरी साँझमा दिउँसो १ बजेबाट शुरु हुने उक्त कार्यक्रममा नयाँ बर्ष २०७९ को शुभकामना आदान प्रदान समेत गरिने भएको हो ।
स्मारिकामा बिशेष गरी प्रवासमा रहेका नेपालीहरुको यथार्थलाई लेख रचना ,गजल र कबिताको माध्यमबाट उतार्न प्रयास गरिएको छ । पुस्तकमा आफुलाई बिभिन्न क्षेत्रमा आफुलाई अब्बल ठहराउनु भएका विज्ञहरुको अनुभव, भोगाइ, सुझाव तथा नेपाली भाषा र संस्कृतिलाई माया गर्ने स्रष्टाहरुको लेखलाई समेटिएको छ ।
प्रवासमा रहेर पनि आफ्नो जन्मभूमिका निम्ति केही काम गरौँ भन्ने अभिप्रायका साथ प्रकाशित यस स्मारिकाका लागि अति महत्त्वपूर्ण लेखरचना, शुभकामना र विज्ञापनहरू उपलब्ध गराई हामीलाई हौसला प्रदान गर्नुहुने सम्पूर्ण महानुभाव तथा सङ्घसंस्थाहरूप्रति सस्थाका अध्यक्ष निसान रानाले आभार व्यक्त गर्नु भएको छ । साथै रानाले जापानमा रहेका नेपाली सामाजिक संघसस्थाहरुको लागि अती महत्वपूर्ण कार्ययोजना तय गरिसकेको र बिमोचान कै दिन आगामी कार्यक्रम बारे जानकारी दिने पनि बताउनु भयो ।
बिमोचन कार्यक्रम नेपाली नयाँ बर्ष कै दिन र नागोया कै मुटु साकायमा रहेकोले पनि सम्पूर्ण नागोयाका नेपालीबासीहरुमा कार्यक्रममा आई कार्यक्रमको सोभा बढाई दिनु हुन स्याङ्जा समाज जापान नागोया क्षेत्रले हार्दिक निमान्त्रणा गरेको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया