रिटर्नी फेडेरेसन नेपाल रामेछापको अध्यक्षमा अविनाश बुढाथोकी चयन

रामेछाप । नेकपा एमालेको जनवर्गीय संगठन रिटर्नी फेडेरेसन नेपाल रामेछापको अध्यक्षमा अविनाश बुढाथोकी चयन हुनुभएको छ । सदरमुकाम मन्थलीमा नेकपा एमाले केन्द्रीय सदस्य माधव ढुङ्गेलको प्रमुख आतिथ्ययतामा शनिबार सम्पन्न भएको प्रथम भेलाले बुढाथोकीको अध्यक्षतामा ११ सदस्यीय फेडेरेसनको नयाँ जिल्ला कमिटी चयन गरेको हो ।
उद्घाटन सत्रमा पार्टी केन्द्रीय लेखा आयोग सदस्य जनक बराल, वाग्मती प्रदेश कमिटी सदस्य रत्नप्रसाद गौतम, जिल्ला अध्यक्ष आनन्दकुमार श्रेष्ठ, प्रदेश कमिटी सदस्यहरू रामकृष्ण लामा, भुवन घिमिरे, जिल्ला कमिटी उपसचिव प्रकाशकुमार कार्की लगायतले बोल्नुभएको थियो ।
निर्वाचित कमिटीलाई पार्टी केन्द्रीय सदस्य गीता कार्की, फेडेरेसनका केन्द्री वरिष्ठ उपाध्यक्ष उत्तम अधिकारी, उपाध्यक्ष विनोद भट्टराई लगायतले शुभकामना दिनुभएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया