पूर्वमन्त्री महेश बस्नेतले गरे एकै दिन चार वडा सडकको शिलान्यास

भक्तपुर । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आज एकै दिन चार वडा सडकहरुको शिलान्यास गर्नुभएको छ ।

शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजना बबरमहलद्वारा विनियोजित ४५/४५ लाखको लागतमा सांसद बस्नेतद्वारा आज जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ४ दधिकोट स्थित दण्डेपाटी गाम्चा सडक विस्तार तथा स्तरोन्नती, सोही वडा दक्षीण बाराही जंगल हुँदै शान्ति चोक जाने सडक विस्तार तथा स्तरोन्नती, वडा नं. ३ र ४ को सीमाना बालकोट पानी ट्याङ्कीसँगै नवदुर्गा मार्गमा हिमपाइप विस्ता तथा वडा नं. ५ स्थित गडेधार मार्गको ढलानको विधिवत रुपमा विशेष कार्यक्रमका बिच आज सांसद बस्नेतले शिलान्यास गर्नुभयो । त्यस्तै उहाँले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना व्यवसायीक कृषि उत्पादन (तरकारी ब्लक विकास कार्यक्रम) कृषि ज्ञान केन्द्र ललितपुरबाट ५० प्रतिशत अनुदान सहयोग प्राप्त कृषि सामाग्री वितरण गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेता बस्नेतले कुनै व्यक्तिले अबैध ढंगले दर्ता गरी कब्जा गर्ने योजनालाई असफल बनाई सूर्यविनायकका धेरै जग्गाहरुलाई अहिले पार्क तथा खेलमैदानको रुपमा विकास गरिएको उल्लेख गर्दै विगतका नेतृत्वको ध्यान नपुगेको तथा सेटिङ्मा अबैध गतिविधि गरेको जनताले बताइरहेको जानकारी गराउनुभयो । प्याकेजमा विकासको गतिविधिलाई अगाडी बढाएकाले विकासको लहर आएको उहाँले उल्लेख गर्नुभयो । दिर्घकालिन रुपमा मेलम्चीको खानेपानी आउने उल्लेख गर्दै उहाँले खानेपानी, ढललगायतका समस्याहरु समाधनको चरणमा रहेको बताउनुभयो ।

तराईका क्षेत्र देखी मुलुकभर विकासकै करणले देशभर एमालेमा प्रवेशको लहर चलेको उहाँले बताउनुभयो । मल्लकाल पछि भक्तपुरमा अहिलेको चार वर्ष एमालेको नेतृत्व आएसँगै विकासमा स्वर्ण युग आएको उल्लेख गर्दै उहाँले चारै तर्फ फर्केर हेर्दा कि त शिलान्यास, कि त उद्घाटनमय भएको बताउनुभयो । विकासले नै मुलुकभरका जनताको नमुना जिल्लाको रुपमा स्थापीत भएको उल्लेख गर्दै उहाँले जनतालाई के काम गर्न कति बजेट आवश्यक छ ? भनेर योजना तयार भएमा बजेटको कुनै पनि समस्या नहुने प्रतिवद्धता जनाउनुभयो ।

जनताको सेवा नै आफ्नो पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै उहाँले मुलुक र जनताको सेवा गर्नु नै एमाले र एमालेका जनप्रतिनिधि २४ सैं घण्टा हाजिर हुने प्रतिवद्धता जनाउनुभयो । निर्वाचनको समयमा कांग्रेसले विभिन्न झटा आश्वासन लिएर आउन सक्ने उल्लेख गर्दै उहाँले जनताले सचेततापूर्वक अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । कांग्रेसले सोझा साझ जनतालाई झुक्याएर भाोट माग्न आउने प्रति सचेत रहन आग्रह गर्दै वास्तविक जनताको पार्टी कुन हो भनि बुझ्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘सुनभन्दा कम छैन, हराएमा डर छैन भन्ने बुझ्न पर्छ । कसीमा घोटेर मात्र ओरिजनल सुन हो कि नक्कली हो ? भनि छुट्याउन सकिन्छ । नाम र पहिचना बदलेर आउनेलाई व्यवहारको कसीमा जाँचेर आफ्नो विवेकको प्रयोग गरी एमालेलाई ढुक्क भएर मतदान गर्नुस् ।

जनतको जस्तोसुकै समस्या एमालेले जनपक्षिय रुपमा समाधन गर्ने उहाँले बताउनुभयो । भक्तपुरमा निर्वाति भएपछि आफुलगायतको एमालेका जनप्रतिनिधि तथा कार्यकर्ताहरुले जनताको पक्षमा काम गर्न जस्तोसुकै कदम उठाउन तयार रहेको उल्लेख गर्नुभयो । वर्तमान गठबन्धनको सरकारले ९ महिनामा विकासको सिन्को समेत भाँच्न नसकेको उल्लेख गर्दै उहाँले अधिल्लो सरकारले दिएको बजेटले नै अहिलेसम्म शिलान्यास र उद्घाटनमय भइरहेको बताउनुभयो । उहाँले विकास गर्नेलाई ल्याउने र विकास नगर्नेलाई सधैंको लागि विदा जनताले गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष उक्तम थापा, समाजसेवी राजकुमार सिलवाल, विदुर खड्का, वडा नं ५ का वडाध्यक्ष राजकुमार जोशी, स्थानीयवासी लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया