राप्रपा निकट प्रवास संगठन ओनो जापानको कार्य समितिले पायो पूर्णता, अध्यक्षमा नवीन चन्द

टोकियो । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा निकट प्रवासी नेपाली संगठन ओनो जापानको कार्य समितिले पूर्णता पाएको छ ।

गत आइतबार ओनो संरक्षक तथा प्रवासी नेपाली एकता समाज ९पानस० का उपाध्यक्ष रघुदीप खड्काको उपस्थितिमा बसेको बैठकले कार्य समितिलाई पनि पूर्णता दिइएको छ । जसअनुसार अध्यक्षमा नवीन चन्द छन् भने वरिष्ठ उपाध्यक्ष सुशीलवीर जबरा, उपाध्यक्ष लक्ष्मण ढकाल, महासचिव खगेन्द्र चापागाईँ र सचिव आशीष भुजेल छन् । विशाल विक्रम शाही, ललित ऐर, निराजन चन्द, राज चन्द र चिरञ्जीवी पाठक ओनो जापानको सदस्यमा छन् ।
यसैगरी ओनो जापानको संरक्षक एवं सल्लाहकारमा रघुदीप खड्का एवं कलेन्द्रविक्रम शाही रहेका छन् ।

सो बैठकमा बोल्दै अध्यक्ष चन्दले राप्रपामा भएको पुस्तान्तरणबाट अन्य राजनीतिक दलका युवा पुस्ताले पनि अनुसरण गर्नुपर्नेमा जोड दिएका थिए । राप्रपाको हिन्दु राष्ट्र र राजसंस्थाको मुद्दा झन् मजबुत बन्दै गएको उनको भनाई थियो ।

नयाँ नेतृत्वमा आएका राप्रपा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाको राष्ट्रिय राजनीतिमा अझै महत्त्वपूर्ण भूमिका हुने उनले बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया