
जापान । नेपाल तामाङ समाज जापान कान्साई क्षेत्रीय समितिको प्रथम भेला नयाँ कार्य समिति गठन गरी सम्पन्न भएको छ । अप्रिल १ तारिख शुक्रबार नेपाल तामाङ समाज जापान कान्साई क्षेत्रीय समिती गठन कार्य सम्पन्न भएको हो । भेलाले अमर लामाको अध्यक्षतामा कान्साई क्षेत्रीय समिती, ओसाका गठन गरिएको छ ।
नेपाल तामाङ समाज जापान कान्साई क्षेत्रीय समिति ओसाकाको उपाध्यक्षमा प्रदीप तामाङ, सचिबमा आशीष लामा, सहसचिब राज कुमार लामा र कोषाध्यक्षमा सरीना तामाङ , सहकोषाध्यक्षमा अबिनाश वाईबा चयन हुनु भएके छ । त्यस्तै सदस्यहरूमा जिबन तामाङ, सानु तामाङ, दीपेश तामाङ, बिबेक लामा, टासी लामा, बुद्ध लामा, अमर लामा डिम्दुङ चयन हुनु भएको छ भने समाजको सल्हाहकारहरूमा लाल बहादुर तामाङ, सूरज तामाङ, शंकर थोकरलाई समेटिएको छ ।
नेपाल तामाङ समाज जापानका महासचिव बलराम थिङ तामाङको प्रमुख आतिथ्यतामा र नेपाल आदिवासी जनजाति महासंघ जापान कान्तो क्षेत्रीय समितिका अध्यक्ष तथा एनआरएनए जापानका सदस्य कर्साङ तामाङको विशेष आतिथयातामा कार्यक्रम भएको थियो ।
फेसबुकबाट तपाइको प्रतिक्रिया