अहिलेका मुख्य दल असफल भए, राप्रपालाई त्यो छुट छैन : लिङदेन

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र असफल भइसकेको आरोप लगाएका छन् ।

यिनीहरू असफल हुँदा हामीलाई दुख छैन, तर देश असफल बनाउन लागे । यो हाम्रो चिन्ताको विषय हो’ काठमाडौंमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले भने, ‘उनीहरू असफल भए पनि राप्रपालाई असफल हुने छुट छैन ।

उनले नेपाल सीमित नेताहरूको अघोषित गठबन्धनको सिकार भएको आरोप लगाएका छन् । उनले कांग्रेस-एमाले र माओवादीको अघोषित गठबन्धनले देश बेरोजगार उत्पादन गर्ने कारखान भएको छ बताए ।

उनले कांग्रेस, एमाले र माओवादीलाई जिताएर देश बन्छ भन्नु देश बर्बाद बनाउनु भएको टिप्पणी गरे ।

फेसबुकबाट तपाइको प्रतिक्रिया