गर्भनरलाई हटाउने कार्यले अर्थतन्त्रलाई थप कमजोर बनाउँछ : एमाले

काठमाडौं । एमालेले आइतबार देशको अर्थतन्त्रबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । एमालेबाट अर्थमन्त्री भएका तीन जनाले पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गरेका हुन् ।
उनीहरूले देशको अर्थतन्त्र कमजोर बनेको र यही बेला सरकारले गर्भनरलाई हटाउने कार्यले अर्थतन्त्रलाई थप कमजोर बनाउने बताए । एमालेबाट अर्थमन्त्री बनिसकेका विष्णु पौडेल, सुरेन्द्र पाण्डे र डा युवराज खतिवडाले देशको अर्थतन्त्र कमजोेर बनेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

पूर्व अर्थमन्त्री तथा एमालले उपाध्यक्ष विष्णु पौडेलले सरकारले देशको अर्थतन्त्र ध्वस्त बनाएको आरोप लगाएका छन् । मुलुकको आर्थिक अवस्था इतिहासकै कमजोर अवस्थामा बनाएको उनको आरोप छ । उनले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकाे सरकारले देशको अर्थतन्त्र ट्रयाकमा ल्याएर यस सरकारलाई हस्तान्तरण गरेको तर याे सरकारले ध्वस्त बनाएकाे बताए
मुलुकको आर्थिक अवस्थाबारे पार्टीको धारणा सार्वजनिक कार्यक्रममा बोल्दै पौडेलले वर्तमान अर्थमन्त्री असफल र असक्षम देखिएको बताए ।

पूर्वअर्थमन्त्री तथा एमाले नेता युवराज खतिवडाले देशको अर्थतन्त्र गलत व्यक्तिको हातमा पुगेको आरोप लगाएका छन् । गलत व्यक्तिको हातमा जाँदा देशको अर्थतन्त्र इतिहासकै गम्भीर अवस्थामा पुगेको उनको आरोप छ ।
वर्तमान सरकार संकट उन्मुख अर्थतन्त्र बचाउनेभन्दा पनि गठबन्धन जोगाउने काममा व्यस्त रहेको उनको भनाइ छ । अहिलेका अर्थमन्त्री अर्थतन्त्र जागाउनेभन्दा पनि आफ्नो नालायकीपन प्रस्तुत गर्नतिर लागिरहेको उनको भनाइ छ ।

पूर्वअर्थमन्त्रीतथा नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले देशको अर्थतन्त्र गम्भीर दुर्घटनाको अवस्थामा पुगेको बताएका छन् । नेकपा एमालेको तर्फबाट वर्तमान अर्थतन्त्रबारे आफ्नो धारणा राख्दै उनले देशमा आर्थिक संकटको अवस्था आएको र मुलुलक गम्भीर मोडमा जान लागेको बताए ।

अहिलेको अवस्थामा राजनीतिकभन्दा पनि आर्थिक समस्या सुल्झाउनेतिर लाग्नुपर्ने उनको भनाइ छ । ‘राजनीतिक अवस्स्थाको कुरा पछि गर्दै गरौंला । अहिले सबै मिलेर अर्थतन्त्र सुधार गर्न तिर लाग्नुपर्छ । यसलाई समयमै सुधार गर्न सकिएन भने देशको अर्थतन्त्र गम्भीर दुर्घटनातर्फ जाने अवस्थामा छ,’ पाण्डेले भने ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: