
काठमाडौं । हार्डफोड एजुकेशनले आइतबार उच्च शिक्षा तथा रोजगारीका लागि जापान जान चाहनेहरुलाई लक्षित गरी एक दिने सेमिनार सम्पन्न गरेको छ ।
नयाँ बानेश्वर स्थीत इन्द्राणी फुडल्याण्डको हलमा सम्पन्न सेमिनारमा उपस्थित विद्यार्थी तथा वर्किङ भिषामा जापान जान चाहनेहरुका लागि परामर्श तथा जापान जाने प्रक्रियाहरूका बारे जानकारी गराइएको थियो ।
पछिल्ला समय नेपालबाट उच्च शिक्षा रोजगारीका लागि जापान जान चाहनेहरु हवात्तै बढेकाले उनीहरुलाई सही परामर्श दिने उदेश्यले सेमिनार आयोजना गरिएको हार्डफोड एजुकेशनका प्रबन्ध निर्देशक महेश श्रेष्ठले बताए ।
सो सेमिनारमा एनआरएनए जापानको उपाध्यक्ष संगिता अधिकारी प्रमुख अतिथिको रुपमा उपस्थित थिइन् । उनले सहभागीहरुको जिज्ञासामा सम्बोधन गर्नुका साथै परामर्श दिएकी थिइन् ।
फेसबुकबाट तपाइको प्रतिक्रिया