माधव नेपाल अझै पनि आफूलाई एमाले नै देखेर ठूलो भाग खोज्नुहुन्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को खुमलटारस्थित निवासमा बसेको छ ।

बैठकमा अध्यक्ष प्रचण्डले तालमेलको विषय निकै पेचिलो र असहज रहेको स्वीकार गरेका छन् । स्रोतकाअनुसार सकेसम्म सबै ठाउँमा कांग्रेससँग बार्गेनिङ गरेर तालमेलको प्रयास भइरहेको प्रचण्डले ब्रिफिङ गरेका छन् ।
नेकपा एस, जसपालाई लक्षित गर्दै प्रचण्डले ‘अन्य दल’ ले आफ्नो हैसियतभन्दा माथि शक्ति रहेको दाबी गरेकाले तालमेलको विषय कठिन भएको बबताएका छन् ।

अध्यक्ष प्रचण्डले माधव नेपाल अझै पनि एमालेमा रहे जस्तै आफूलाई ठूलो दलको नेता सम्झिने बानी नहटेको समेत उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘माधवजीले अलिक बढी मागिहाल्नु हुन्छ। उहाँ आफूलाई अझै पनि एमाले नै देख्नुहुन्छु । नयाँ पार्टी एकीकृत समाजवादीको अध्यक्ष भएर भन्दा पनि उहाँले आफूलाई एमाले नै सम्झिएर धेरै भाग माग्नुहुन्छ।’

अध्यक्ष दाहालले विवाद भए पनि गठबन्धनका पाँचै दलसँग गम्भीरतापूर्वक कुरा गरेर गठबन्धन कायम गरेर जानुपर्ने मत राख्न भयो ।

पछिल्ला दिनमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले गठबन्धन छाड्ने चेतावनी दिइरहेको छ । कांग्रेसका पनि कयौँ कमिटीले गठबन्धन मान्न नसकिने अडान लिइरहेका छन्।

फेसबुकबाट तपाइको प्रतिक्रिया