सुर्खेत । कर्णाली प्रदेशमा सत्ता गठबन्धनलाई चुनावी तालमेल गर्न सकस भएको छ । स्थानीय तहको निर्वाचनमा गठबन्धन हुँदा कसले कुन पालिकाको नेतृत्व लिने भन्ने विषयमा अझै सहमति जुट्न सकेको छैन ।
चैत ३० गते बसेको प्रदेशस्तरीय पाँच दलीय गठबन्धन संयन्त्रको बैठक प्रदेशका १० वटै जिल्लालाई वैशाख ३ गते भित्र सिट बाँडफाँड टुंगो लगाएर पठाउन निर्देशन दिएको थियो ।
तर शनिबार बेलुकासम्म कुनै पनि जिल्लामा सत्ता गठबन्धन दलहरु बीच सिट बाँडफाँडको विषयमा सहमति जुट्न नसकेको नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष बिमला केसीले बताइन् ।
‘अहिलेसम्म कनैपनि जिल्लाले सिट बाँडफाँड टुंगो लगाएका छैनन् । तीन गतेसम्मको डेडलाइन दिइएको हो, जिल्लामा छलफल चलिरहेको बताएको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया