स्थानीय तह चुनाव : रोल्पामा विप्लवलाई चुनाव लागेपछि माओवादीलाई सकस

रोल्पा । स्थानीय तह चुनावका लागि रोल्पामा सत्तारुढ दलहरु भागबन्डा मिलाउन र उम्मेदवार छान्न व्यस्त छन् ।

तर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा भने अरु दलभन्दा एक कदम अघि बढेर उम्मेदवार घोषणा गर्दै चुनाव प्रचारमा लागि सकेको छ । नेकपाका केन्द्रीय नेताहरु नै चुनावी तयारीका लागि रोल्पामा छन् र उनीहरुले प्रशिक्षण, घरदैलो कार्यक्रम गरिरहेका छन् ।

देशभक्त, सच्चा गणतन्त्रवादी र एमसीसी विरोधीलाई जिताउने लक्ष्यसहित चुनावमा होमिएको नेकपाका नेताहरुले बताउने गरेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया