
जनकपुरधाम । गठबन्धनले जनता समाजवादी पार्टी (जसपा) लाई मेयरको उम्मेदवार दिने निर्णय गरेपछि जनकपुरधाम नेपाली कांग्रेसमा असन्तुष्टि बढेको छ ।
गठबन्धनको यो निर्णय आए लगत्तै जनकपुरधामका कांग्रेसीले पार्टीको निर्णय नमान्ने बताइसकेका छन् । यो निर्णयविरुद्ध कांग्रेसका कार्यकर्ताले प्रदर्शन गर्दै पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी पनि गरेका छन् ।
कांग्रेसका नगर सभापति मनोज साह कुनै पनि हालतमा जसपालाई जनकपुरधामको मेयर दिन तयार नभएको बताउँछन् । ‘यो निर्णय सच्याउन हामीले नेतृत्वलाई २४ घण्टाको समय दिएका छौं’ उनी भन्छन्, ‘आज रातभरिमा निर्णय सच्याउँछ भन्ने विश्वास छ । र, हामी त्यो निर्णयको प्रतिक्षामा छौं ।’
गठबन्धनले मेयरको उम्मेदवार दिएपछि जसपाले वर्तमान मेयर लालकिशोर साहलाई नै उम्मेदवार बनाउने तयारी गरेको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया