मन्थली १२ गेलूमा खुशहरि बुढाथोकीको उम्मेदवारी किन ?

रामेछाप । नेतृत्व भनेको उपयूक्त निर्णय गरि कार्यान्वयनका लागि समन्वय तथा संचार गर्ने व्यक्ति हो, तसर्थ मेरो सोचाईमा नेतृत्वलाई शक्तिको रुपमा मात्र हेर्न हुदैन । म शक्ति हु र त जनता माथि शासन गर्ने हो भन्ने नेतृत्वले ठान्नुहुदैन । म नेता हु र त मेरो हैशियत जनता भन्दा धेरै माथि हुनुपर्दछ भन्ने सोच पनि राख्नुहुदैन । यस्तै म अध्यक्ष हुँ र त मैले भनेको सवैले मान्नुपर्छ भन्ने जस्ता विकृतिजन्य चिन्तन सवै स्थानिय नेतृत्वहरुको मानसपटलबाट हट्नुपर्छ भन्नेमा म सचेत छु । मैले के मान्दछु भने वडा अध्यक्ष भनेको जनताको मसिनो भन्दा मसिनो समस्याहरुको समाधानको स्रोत बन्नुपर्छ ।
जनताको आधारभूत आवस्यकता देखि समृद्धिका आकांक्षालाई पुरा गर्ने ईमान्दारपुर्ण प्रयत्न गरिरहनुपर्दछ । नेतामा बोली र व्यवहार फरक हुनुहुदैन । त्यसैगरि, जनताको सेवकको रुपमा वडा अध्यक्षले आफुलाई आनन्दीत बनाउनुपर्छ । यस प्रति म सचेत छु । वडामा उपलब्ध स्रोत साधन मात्र होईन विभिन्न तह तप्कामा प्रभावकारी समन्वय र सहकार्य गर्दै १२ नं. वडाको समृद्धिको लागि भूमिका खेल्नपर्दछ भन्नेमा मेरो स्पष्ट भिजन तथा विकासका कार्यक्रम रहेको छ । साथै, सवै यूवाहरुको चाहना र आम वडा बासीको आग्रहलाई मनन गरि मन्थली नगरपालिका वडा नं. १२ को वडा अध्यक्षको उम्मेदवारको रुपमा नेकपा एमालेको तर्फबाट सुर्यचिन्ह लिएर यहाँहरु माझ प्रस्तुत भईरहेको छु ।
संघिय शासन प्रणालीमा स्थानिय तह अन्तर्गतका नेतृत्वहरु दुरदर्शि, पारदर्शि र जवाफदेहि भए भने गाँउ गाँउको विकास संभव हुन्छ । नेतृत्वले सवैलाई समेटेर सामाजिक एकताका साथ विकास योजनाहरुको निर्णय र कार्यान्वयन गर्दा विकासमा जनसहभागिता र स्रोत साधनमा मितव्ययिता समेत हासिल गर्न सकिन्छ । मेरो गाँउ म बनाउछु, मेरो समाज म बनाउछु भन्ने सवै स्थानिय नेतृत्वहरुको मन हृदयमा रहन गयो भने निश्वार्थ समाजको विकास र परिवर्तनमा भूमिका खेल्न सकिन्छ भन्ने कुरामा म विश्वस्त छु । मैले यस अगाडिनै १३ बुँदे समृद्धिको लागि प्रतिवद्धता पत्र सार्वजनिक गरिसकेको छु ।
यिनै विषयलाई मध्येनजर गर्दै वडामा रहेको सवै राजनैतिक दलहरु, सवै विचार समूहहरु एबम् समुदाय व्यक्तिलाई एकताबद्ध गरी १२ नं. वडालाई नमूना वडा बनाउन मेरो विशेष प्रयत्न हुने कुरा स्मरण गराउदछु । वडा अध्यक्षको रुपमा आफुलाई जनसेवा, विकास र सुशासनमा विशेष भूमिका खेल्ने प्रतिवद्धता सहित सम्पुर्णमा यहि २०७९ बैशाष ३० गते हुन गईरहेको चुनावमा सुर्य चिन्हमा मत दिई अत्याधिक मतले विजय गराउनुहुन विशेष अनुरोध गर्दछु ।

-खुशहरि बुढाथोकी
मन्थली नपा वडा नं १२
वडा अध्यक्षको उम्मेदवार

फेसबुकबाट तपाइको प्रतिक्रिया