रामेछाप नगरपालिकाको उपप्रमुखमा युवा नेतृ सीता केसीको उम्मेदवार सर्वसम्मत

काठमाडौँ । नेकपा एमालेले आशन्न स्थानीय तहको निर्वाचनका लागि रामेछाप नगरपालिकामा प्रमुख र उपप्रमुख उम्मेदवार सर्वसम्मत रुपमा सिफारिस गरेको छ । नगर कमिटीको बैठकले मेयरमा रोशन पाख्रिन र उपमेयरमा सीता कुमारी केसीको नाम सर्वसम्मतरुपमा सिफारिस गरेको हो ।

२०५६ सालदेखि रामेछाप नगर गोठगाउँ टोल कमिटीमा संगठित हुँदै राजनीतिक यात्रा अगाडी बढाएकी केसी रामेछाप काठमाडौं अनेरास्ववियु सम्पर्क मंच, अन्तर जिल्ला युवा संघ र पद्मकन्या क्याम्पस बागबजार पारम्भिक कमिटीमा रहेर पनि योगदान दिएकी छन्।

युवा संघ केन्द्रीय अनुशासन आयोग सदस्य, युवा संघ केन्द्रीय सदस्य, रामेछाप-काठमाडौँ सम्पर्क मन्चको उपाध्यक्ष तथा महिला प्रमुख, रामेछाप जिल्ला कमिटी सदस्यका रुपमा सक्रिय केसी बागमती प्रदेश सम्पर्क सदस्य तथा स्कुल बिभागको उप प्रमुखसमेत रहेकी थिइन्।

हाल रामेछाप जिल्ला कमिटी सदस्य रहेकी केसी जनसंगीत मंचको केन्द्रीय सदस्यका रुपमा लामो समयसम्म क्रियाशील रहेकी थिइन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया