सरकारी सेवा सुविधा नलिने मन्थली १२ का वडाध्यक्षका उम्मेदवार बुढाथोकीको घोषणा

मन्थली । नेकपा (एमाले)बाट मन्थली नगरपालिका वडा नम्बर १२ को वडाध्यक्षमा उम्मेदवार बनेका खुशहरि बुढाथोकीले निर्वाचित भएपछि वडाध्यक्षले पाउने सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन् ।

उनले महत्वपूर्ण २ घोषणा गर्दै सरकारी सेवा सुविधा व्यक्तिगत रुपमा लिएर खर्च नगर्ने भन्दै उनले त्यो रकम वडा १२ का निम्न आय भएका गरिब घर परिवारको आर्थिक उन्नतिको लागि व्यवसायमा खर्च गर्ने उल्लेख गरेका छन् ।

त्यस्तै उनले घरभाडा खर्च पनि आफ्नो परिवारले नलिने घोषणा गरेका छन् । उनले घर भाडा वापत प्राप्त हुने रकम रकम वडा नं. १२ को शैक्षिक विकासको लागि विद्याथीै र विद्यालयमा खर्च गर्ने बताएका छन् ।

आदरणिय गेलुवासी सम्पूर्ण बुवा आमा दाजुभाई दिदि बहिनीहरू !

यहाँहरूकाे अपार माया र साथ सँगै मैले आज यहाँहरू समक्ष २ वटा महत्वपूर्ण घाेषणा गर्न गइरहेकाे छु !
१. वडा अध्यक्षकाे रूपमा प्राप्त हुने सवै सरकारी सेवा सुविधा मैले व्यक्तिगत लिने छैन । त्याे सम्पुर्ण रकम वडा १२ का निम्न आय भएका गरिव घर परिवारकाे आर्थिक उन्नतिकाे लागि व्यवसायमा खर्च गर्नेछु ।
२. हालसम्म वडा कार्यलयकाे घरभाडा खर्च भइरहेकाेमा त्याे रकम मेराे परिवारले नलिने घाेषणा गर्दछु । त्येा रकम वडा नं. १२ काे शैक्षिक विकासकाे लागि विद्यार्थि र विद्यालयमा खर्च गर्नेछु ।
मेराे वडा अध्यक्षकाे उम्मेदवारी गेलुकाे निश्वार्थ जनसेवा, समृद्दि, सुशासन एवम् जनसहभागिता मार्फत “समृद्द गेलु सुखी गेलुवासी ” काे लागि हाे भनी १३ बुँदे मुख्य प्रतिबद्दता प्रस्तुत गरिसकेकाे छु ।
यहाँहरूकाे यस्तै साथ, सहयाेग र मायाकाे अपेक्षा गर्दछु !
खुशहरी बुढाथाेकी
वडा अध्यक्षको उम्मेदवार
मन्थली १२

फेसबुकबाट तपाइको प्रतिक्रिया