
काठमाडौँ । नेपाली काँग्रेसले सातै प्रदेशमा चुनावी सभा गर्ने भएको छ । शनिबार काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक सूचना जारी सातै प्रदेशमा चुनावी सभा गर्ने जानकारी दिएका हुन् ।
पौडेलका अनुसार वैशाख २१ गते प्रदेश नम्बर १ को मोरङ, वैशाख २२ गते मधेस प्रदेशको धनुषा, वैशाख २३ गते बागमती प्रदेशको काठमाडौमा चुनावी सभा हुनेछन् । त्यस्तै वैशाख २४ गते पोखरा, वैशाख २५ गते रुपन्देही, वैशाख २६ गते सुर्खेत र वैशाख २७ कैलालीमा चुनावी सभा हुने जारी सूचनामा उल्लेख छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया