जापानबाट ‘राप पनि सुर्यमैं ताप पनि सूर्यमैं यसपालि हजुरको छाप पनि सूर्यमै’ चुनावी गीत सार्वजनिक

जापान । नेकपा एमालेको प्रवासको भातृ संगठन प्रवासी नेपाली मञ्च जापानले ‘यसपालि हजुरको छाप पनि सूर्यमै’ बोलको चुनावी गीत सार्वजनिक भएको छ ।
आसन्न बैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनलाई प्रचारको रुपमा प्रवासी नेपाली मञ्च जापानले ‘यसपालि हजुरको छाप पनि सूर्यमै’ बोलको चुनावी गीत आईतबार सार्वजनिक गरेको हो ।

पाँच वर्षअघिको स्थानीय चुनावमा बद्री पंगेनी र प्रिया भण्डारीको स्वरमा बहुचर्चित बनेको ‘सैं पनि एमाले मै पनि एमाले’ लगाएत चुनावी गीत जस्तै यसपटक पनि चर्चित कलाकारको स्वरमा एमालेको नयाँ चुनावी गीत सार्वजनिक भएको थिए ।

गीतमा दिप पाठकले शब्द संकलन, लक्ष्मी खड्का, पुरुषेत्म सिग्देल, दिलेन्द्र जोशी, बेग रानाको स्वर विष्णु शर्माले सम्पादन र सुरेश श्रेष्ठले छापाँकन गरेका छन् ।
अभिनय भने कलाकार लगाएत प्रवासी नेपाली मञ्च जापानका लगाएत अन्य देशका नेता कार्यकर्ताहरुले साथ दिए समेटर निर्माण गरिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया