स्थानीय निर्वाचनमा महिलाको सवाल र मतदाता शिक्षाबारे अन्तरक्रिया कार्यक्रम काभ्रेमा सम्पन्न

काभ्रे । स्थानीय निर्वाचनमा महिलाहरुको सहभागिता र नेतृत्व निकै कम भएको अध्ययनले देखाइरहेको अवस्थामा सीमान्तकृत पिछडिएका तथा दलित लगाएत अन्य महिलाहरुको सहभागितामा किन कम भयो भन्ने विषयमा काभ्रेपलान्चोक जिल्ला स्तरीय सचेतना कार्यक्रम पनौतीमा सम्पन्न भएको छ ।

एक्टिभ नेपालको अयोजना तथा युएनडिपी र युएन उमनको सहयोग रहेको कार्यक्रममा विभिन्न दलका उम्मेद्वार तथा प्रतिनिधिले नेतृत्वमा महिलाहरुको न्यून सहभागिताको कारणमाथि प्रष्ट पारेक थिए । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य चन्द्रकला थापा, नेकपा माओवादी केन्द्रका नगर उपाध्यक्ष तथा पनौती नगरपालिका वडा नं। ४ की वडा अध्यक्षकी उम्मेदवार सुशिला सुवाल नेपाली काँग्रेस महसमिति प्रतिनिधि मिरा नेपाली र नेपाली काँग्रेस काभ्रे जिल्ला सदस्य एवम् महिला विभाग प्रमुख अनिता कार्की थापाले उपस्थित सहभागी मतदाता तथा स्थानीयहरुका सवालमाथि प्रष्ट पारेका थिए ।
निर्वाचन आयोग काभ्रेका अनुसार यस पटकको स्थानीय निर्वाचनमा काभ्रेपलान्चोकबाट ३ लाख ३ हजार ५ सय साठ्ठी मतदाताले मत प्रदान गर्दैछन् ।

मातृ सन्देश डट कमले संयोजन गरेको उक्त कार्यक्रम विभिन्न दश जिल्लामा मतदाता शिक्षा, महिला सहभागिता र मतदातालाई निर्भिकतापूर्वक मतदानस्थलसम्म पुग्ने वातावरण निर्माण, नमूना मतदान बारे अन्तरक्रियात्मक कार्यक्रम गरिदै आएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया